हुण्डी कारोबारी शाह विरुद्ध ४ अर्ब १६ करोड बिगो दावीसहित मुद्दा


२१ माघ २०७५, सोमबार
Janakpur District court धनुषा जिल्ला अदालत

काठमाडौं, २१ माघ : विदेशी विनिमय अपचलन (हुण्डी) मा सर्वाधिक बिगो दावी गरी साेमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले ८ जनाविरुद्ध ४ अर्ब १६ करोड बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

Janakpur District court धनुषा जिल्ला अदालत

राजस्व अनुसन्धान विभागले आठ जना विरुद्ध ४ अर्ब १६ करोड बिगो दावी गर्दै अदालतमा मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।  ।

मुद्दा दायर भएका प्रतिवादीमा रामेश्वर शाह ‘पुर्वे’, उनकी श्रीमति मिनादेवी शाह र काम गर्ने विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पु कुमार दास छन् । आरोपितविरुद्ध जनही बिगोको तीन गुणा जरिवाना र ३ वर्ष कैद मागदाबी गरिएको छ । दासको हकमा भने नाबालक (१५ वर्षीय) भएकाले आधा सजाय दावी गरिएको छ ।

राजस्व अनुसन्धान विभागको पथलैया कार्यालयले उक्त मुद्दा दायर गरेको हो । गत २२ पुसमा प्रहरीले पुर्वेको घरमा छापा मारी ८३ लाख ६९ हजार रुपैयाँ र ५ सय दरका ६ हजार ५ सय भारतीय रुपैयाँ (भारु) बरामद गरेको थियो । विदेशी विनिमय नियमित गर्ने ऐन अन्तर्गत उनीहरूविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुले आपसी मिलेमतोमा ह्वाट्स एप एप्लिकेशनको माध्यमबाट हुन्डी कारोबार गरेको पुष्टि भएको विभागको भनाइ छ । ‘एप्लिकेशनको माध्यमबाट परस्पर हुन्डी कारोबारका विवरणहरु सांकेतिक शब्द र चिन्ह प्रयोग गरी आफ्ना गुटमेलका कारोबारीसँग आदनप्रदान गरेर विदेशी मुद्रा र नेपाली रुपैयाँ ठूलो परिमाणमा अवैध रुपमा अन्तरदेशीय कारबोर गरेको प्रमाणित भएको छ’, विभागले विज्ञप्तिमा भनेको छ ।

PM office Notice of Nepal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७