दुई पूर्वमन्त्रीविरुद्ध ३१ करोड भ्रष्टाचारको मुद्दा, नेकपाले न्यौपानेलाई केन्द्रीय सदस्यबाट हटाउला ?


२१ माघ २०७५, सोमबार
rabindra yadab 1

काठमाडौं, २१ माघ : भृकुटीमण्डपको ६० रोपनी जग्गा पूर्वमन्त्री टेकबहादुर गुरुङको फनपार्कलाई भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया उल्लंघन गरेको आरोपमा अख्तियारले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

rabindra yadab 1
बद्रीप्रसाद न्यौपाने, टेकबहादुर गुरुङ र रविन्द्रकुमार

पूर्वमन्त्रीद्वय न्यौपाने र गुरुङसहित समाजकल्याण परिषदका तत्कालीन पदाधिकारी उपाध्यक्ष प्रमोद मेहता, सदस्य सचिव रविन्द्रकुमार, कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी, तत्कालीन सदस्यत्रय हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमार लाल कर्णविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुमाथि परिषदको स्वामित्वमा रहेको अति मूल्यवान जग्गा कौडीको मूल्यमा भाडामा दिएर ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

बद्रीप्रसाद न्यौपाने चुरेभावर पार्टीबाट डा. बाबुराम भट्टराई सरकारमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री भएका थिए । त्यहीबेला उनले फनपार्कलाइृ जग्गा भाडामा दिंदा अनियमितता गरेका थिए । न्यौपाने २०७४ को चुनावअघि एमाले प्रवेश गरेका थिए । उनी हाल नेकपाको केन्द्रीय सदस्य हुन् । अनेरास्ववियुका पूर्वउपाध्यक्ष सोभियत ढकालको नाम काटेर उनलाई केन्द्रीय सदस्य बनाइएको थियो ।

त्यसैगरी टेकबहादुर गुरुङ सुशील कोइराला सरकारमा श्रम मन्त्री थिए । उनले फनपार्कको जग्गा विनाटेण्डर भाडामा लिएका थिए । उनी श्रम मन्त्री हुँदा पनि ठूला भ्रष्टाचारकाण्डमा मुछिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७