शिक्षकले नै गरे ४ वर्षीया बालिकामाथि बलात्कार


२२ माघ २०७५, मंगलवार
fashi 12

काठमाडौं, २२ माघ । एक शिक्षकले चार वर्षीया अबोध बालिकालाई घरबाट छुटाएर बलात्कार गरेका छन् ।

fashi 12

ती शिक्षकले बालिकालाई बलात्कार गरिसकेपछि दर्दनाक अवस्थामा छाडेर भागे । बलात्कारी शिक्षकले ती बालिकाको मृत्यु भएको सम्झेर छाडेर भागेका थिए । यस्तो दर्दनाक अवस्थामा बलात्कृत ती बालिकालाई एयरलिफ्टकोको साहारामा सतनाबाट दिल्ली लगिएको थियो । यसै मुद्धामा आरोपित ती शिक्षकलाई फाँसी दिइएने फैसला भएको छ । उनलाई २ मार्चका दिन फाँसी दिइने निर्णय भएको हो ।

यो घटना भारतको मध्य प्रदेशको सतना जिल्लाको परसमनिया गाउँको हो । जहाँ चार वर्षीया अबोध बालिकालाई शिक्षक महेन्द्र सिंह गोंडले बलात्कार गरेका थिए । रिपोर्टका अनुसार ती बलात्कारी शिक्षक महेन्द्रलाई २ मार्चको किहान ५ बजे बिहान जबलपूर स्थित नेताजी सुभाष चन्द्र बोस केन्द्रिय कारागारमा फाँसी दिइनेछ । यस मुद्धामा निचली अदालतद्वारा फैसला गरिएको फाँसीको सजायलाई एमपी हाइकोर्टले पनि सदर गर्दै गत शनिबार दिनेश शर्माको अदालतले दुष्कर्मको डेथ वारेन्ट जारी गरिदिएको छ ।

दालतले जबलपूरको सेन्ट्रल जेल अधीक्षकलाई पठाएको डेथ वारेन्टमा २७ वर्षीय बलात्कारी महेन्द्र सिंह गोंडलाई २ मार्चको बिहान ५ बजेको समयमा फाँसीमा झुण्ड्याउन आदेश दिएको छ । सन् २०१८ जुलाई १ तारिखको रात चार वर्षीया एक अबोध बालिकालाई आरोपित महेन्द्र सिंह गोंडले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो ।

घटना घटेको दोस्रो दिननै तत्कालीन कलेक्टर मुकेश शुक्लाले तत्कालीन मुख्यमन्त्री शिवराज सिंह चौहानसँग कुरा गरेर पीडित ती अबोध बालिकालाई एयरलिफ्ट गर्दै दिल्ली स्थित एम्समा भर्ती गरेका थिए ।

परसमनिया रेप काण्डलाई लिएर निकै आलोचनाहरु भएका थिए । जिल्ला न्यायालयका पीआरओ फरुखद्दीनले बताए अनुसार शिक्षकद्वारा चार वर्षीया अबोध बालिका बलात्कृत भएकी थिइन्, जसको कारण उनी गम्भीर घाइते भएकी थिइन् । यसपछि शासनले एसआइटी गठन ग¥यो । यो घटना १ जुलाई २०१८ को हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७