नेहाले भनिन्, ‘मैले आफ्नो सबथोक दिएँ’, ब्रेकअपपछि चर्चामा नेहा


२२ माघ २०७५, मंगलवार
IMG 75913d897938a70846a2cdd151bfa3b8 V 1

काठमाडौं, २२ माघ । बलिउडकी चर्चित गायिका नेहा कक्कड केही दिनदेखि चर्चामा छिन् । चर्चाको कारण उनको प्रेम । केही हप्ता पहिले खबर आएको थियो कि उनको प्रेमी हिमांशु कोहलीसँग ब्रेकअप भएको छ ।

IMG 75913d897938a70846a2cdd151bfa3b8 V 1

यसपछि उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘मलाई थाहा थिएन, संसारमा यति स्वार्थी मान्छे पनि हुन्छन् । मैले आफ्नो सबै थोक दिएँ । बदलामा मलाई के मिल्यो, म बताउन पनि सक्दिनँ ।’

गत बिहीबार उनले आफ्नो युट्युब च्यानलमा एक भिडियो सेयर गरेकी थिइन् । भिडियोमा ‘इसमें तेरा छाटा, मेरा कुछ नही जाता’ गीत गाउँदै गरेकी देखिन्छिन् । यो गीत उनले आफ्नो पूर्वप्रेमीका लागि गाएको आंकलन भइरहेको छ ।

गीतमा कमेन्ट गर्दै एक फ्यानले लेखेका छन्, ‘७५ प्रतिशत गीत हिमांशुलाई डेडिकेट छ ।’ अर्काले लेखेका छन्, ‘तपाईंले जुन तरिकाबाट जवाफ दिनुभयो, ऊ नाजवाफ हुनेछ ।’ ब्रेकअपको खबर आएपछि उनले लेखेकी थिइन्, ‘हो, म डिप्रेसनमा छु ।

संसारको सबै नकारात्मक मान्छेलाई आभार । म तपाईंहरूलाई एक कुरा स्पष्ट पार्न चाहन्छु कि यस्तो केही एक या दुई मान्छेको कारणले भएको होइन, यो त्यो संसारका लागि जसले मलाई आफ्नो निजी जीवन जिउन पनि दिइरहेका छैनन् ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७