रवी ओड प्रकरण : बसन्त थापाद्वारा लोकदोहोरी प्रतिष्ठान छाडेको घोषणा


२२ माघ २०७५, मंगलवार
rabi ode

काठमाडौं, २२ माघ । नेपाल आइडल रवी ओड प्रकरण अझै साम्य भएको छैन । रबी ओडले आफ्नो गीत बिगारेर गाउँदा पनि लोकदोहोरी प्रतिष्ठान चुप लागेर बसेको भन्दै ‘सालको पात टपरी हुने’ का सर्जक संगीतकार बसन्त थापाले प्रतिष्ठान नै छाडेका छन् ।

rabi ode

उनले सर्जकको गीतलाई बिगार्दा पनि प्रतिष्ठान मौन रही सर्जकको संरक्षणमा चासो नदिएको गुनासो गर्दै प्रतिष्ठान छाडेको घोषणा गरेका छन् । उनले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘लोकगीतको सर्जकलाई पलपल आक्रमण भइरहँदा मौलिकतामाथि प्रहार भइरहँदा प्रतिष्ठामाथि गाली बर्सिरहँदा पनि टुलुटुलु हेरिरहनेहरु म मर्दा मलामी जान्छन् भन्ने कुरामा विश्वास गर्न सकिनँ । त्यसैले आजका मितिले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा आफू नरहेको जानकारी गराउन चाहन्छु ।’

उनले थप लेखेका छन, ‘यस्तो सिर्जना गर्न मन छ, जसमा आवाज रवी ओडको होस र माया करोडको होस् । गाली गर्नेहरुलाई बारबार पश्चाताप होस् ।’ अष्ट्रेलियामा आयोजित कन्सर्टमा रवी ओडले बसन्तले संगीत गरेको लोकदोहोरी ‘सालको पात’ गाएका थिए । तर, उनले गीतको लिरिक्स बिगारेका थिए । अनुमति नलिएको र तोडमोड भएको भन्दै बसन्तले असन्तुष्टि जनाउँदै आएका थिए ।

संगीतकार थापाले रवी ओडले गीत बिगारेकोप्रति गरेको कडा प्र्र्रतिक्रियाबाट बिच्किएका रवीका फ्यानहरुले उनलाई सामाजिक सञ्जालमा गालीगलौज गरेका थिए । रवीले भने फेसबुकमा प्रष्टिकरण दिँदै तयारी बिना दर्शकको मागअनुसार गीत गाउँदा त्रुटि हुन पुगेको भन्दै आफ्नो नियत सर्जकलाई ठेस पुर्‍याउने नभएको भन्दै संगीतकार बसन्त थापासँग सार्वजनिक रुपमा माफी सकेका छन् ।

बसन्तले भने रविसँग व्यक्तिगत बैमनश्यता नभएको तर, व्यवसायिक प्रयोजनका लागि अनुमति विना अरुको गीत गाउन नहुने बताउँदै आएका छन् । रवीले आफू कुनै स्थापित कलाकार नभई भर्खर पाइला चाल्दै गरेको कलाकार भएको स्पष्टिकरण दिंदै दर्शक–स्रोताको आग्रहलाई इन्कार गर्न नसक्दा यो गीत गाउनु परेको बताइसकेका छन् । यता लोकदोहोरी गायक पशुपति शर्माले यो विषयलाई अन्त्य गर्न आग्रह गर्दै फेसबुकको कमेन्टको पछाडि नलाग्न संगीतकार थापालाई सुझाव दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७