यतीको अत्याधुनिक नयाँ जहाज आइपुग्यो


१० आश्विन २०७४, मंगलवार
yeti air

काठमाडौं :  यती एअरलाइन्सले संचालनमा ल्याएको ट्विन इञ्जिनसहितको आधुनिक प्रविधियुक्त एटीआर७२–५०० विमानको सेवा थप विस्तारित गर्ने क्रममा एमएसएन (म्यानुफ्याक्चरिङ)  सिरियल नम्बर ७४९ भएको दोश्रो एटीआर विमान त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । एटीआर ७२–५०० फ्रेञ्च–इटालियन कन्सोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो ।

yeti air

उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनका कारण एटीआर ७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित हुँदै गइरहेको यतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एटीआर ७२–५०० लाई ह्यामिल्टन सन्डस्ट्रान्ड कम्पोजिट ब्लेड प्रोपेलर सुसज्जित दूई ओटा प्राट एण्ड ह्विट्ने पीडब्ल्यू १२७ ईञ्जिनले शक्ति प्रदान गर्दछ ।

यी अत्याधुनिक प्रविधि सुसज्जित ईञ्जिन र प्रोपेलरले अद्वितिय कार्यक्षमता प्रदर्शन गर्नुका साथै, इन्धन मितव्ययी, न्यून ध्वनी र न्यून ग्रिनहाउस ग्यास उत्सर्जन गर्ने बताइएको छ ।

यो जहाज नोर्डिक एभिएसन क्यापिटलबाट वित्तिय पट्टा अन्तर्गते खरिद गरिएको कम्पनीले जनाएको छ । ४७ देशका ७० एयरलाइन्सले उपभोक्तालाई सेवा प्रदान गरिरहेको एनएसी उद्योगकै अग्रणी क्षेत्रीय पट्टादाता हो । यती एयरलाइन्सले आफ्नो पहिलो एटीआर७२–५००को सेवा थालनी विराटनगर र नेपालगञ्ज विमानस्थलबाट गरिसकेको छ भने यो दोश्रो विमान थप भएपश्चात भैरहवा र भद्रपुर स्टेशनमा समेत आफ्नो सेवा विस्तार गर्ने जनाएको छ्र ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७