ब्रिटिस सेनामा सन् १९८५ यता सबैभन्दा धेरै गोर्खा भर्ती गराइँदै


२३ माघ २०७५, बुधबार
ar

काठमाडौं, २३ माघ । ब्रिटिस सेनामा भर्ना हुने वर्षेनी नेपाली युवाले ठूलो लगानी र परिश्रम गर्दै आएका छन् ।

ar

तर, सीमित कोटाका कारण धेरै लगानी र परिश्रम गर्दा समेत धेरै युवाको ब्रिटिस सेनामा भर्ना हुने सपना साकार हुन सक्दैन । तर, यो पटक भने नेपाली युवालाई ब्रिटिस सेनामा भर्ना हुने राम्रो अवसर मिल्ने भएको छ ।

यसपालि ब्रिटिस सेनामा ३० वर्षयताकै सबैभन्दा बढी संख्यामा गोरखा सैनिक लिइने भएको छ । नेपालमा गोरखा इन्टेक २०१९ को छनोट पूरा भइसकेको छ । ब्रिटिस आर्मीमा १९८५ यताकै ठूलो संख्यामा नेपालीहरु भर्ती हुन अवसरमा पाउने भएका छन् ।

क्षेत्रगत रुपमा सेप्टेम्बरमा छनोटको पहिलो चरण पूरा हुँदा प्रारम्भिक १० हजार आवेदकहरुमध्ये ५८० जनालाई अन्तिम मूल्याङ्कनका लागि पोखरा बोलाइएको थियो । यस क्रममा ब्रिटिस आर्मीले भर्ती हुने युवाको संख्यामा उल्लेख्य वृद्धि गर्न सहमति जनाएको हो । पहिले ३२० जना भनिएकोमा अब गोरखा कम्पनीले ४०० जनालाई भर्ती गर्ने भएको छ ।

gur

अन्तिम मूल्याङ्कनमा विभिन्न परीक्षण, जस्तै सिटअप, पुलअप, जेरी केन्स र पावर ब्याग्स लगायतका प्रतिष्पर्धा हुन्छन् । तीमध्ये कुनैमा पनि असफल भएमा प्रतियोगीहरु प्रतिष्पर्धाबाट बाहिरिनु पर्छ ।

नेपाली युवाहरु ब्रिटिस सेनामा भर्ना हुनका लागि विभिन्न प्रशिक्षण केन्द्रहरुमा गएर तालिम समेत लिने गरेका छन् । युवाहरुको ब्रिटिस सेनामा भर्ती हुने आकर्षणकै कारण पनि देशका विभिन्न जिल्लामा लाहुर प्रशिक्षण केन्द्रहरु खुलेका छन् । उनीहरुले तालिम केन्द्रबाट शारीरिक अभ्याससँगै वौद्धिक परीक्षणका ज्ञान–सीपहरु हासिल गर्ने गरेका छन् ।

safe image 23

गोर्खा छनौटको सबैभन्दा कठिन परीक्षण चाहिँ डोको दौडलाई मानिने गरिएको छ । यसमा प्रतिष्पर्धीहरुले डोकोभित्र २५ किलो बालुवा बोकेर पहाड उक्लिनु पर्ने हुन्छ । उनीहरुले यसरी ५ किलोमिटरको उकालो यात्रा गर्नुपर्छ ।

british army nepal

‘यो गोरखामा हाम्रो पहिचान नै हो,’ अवकाश प्राप्त क्याप्टेन गणेश राई भन्छन् । डोको दौडको आरम्भ १९८९ बाट भएको हो । त्यसभन्दा अगाडिसम्म धेरैजसो युवाहरुको डोकोमा भारी बोकेर पहाड उक्लने दिनचर्या नै थियो । बिहान ५ः४५ बजे प्रतियोगीहरु शिविरबाट डोको बोकेर निस्किन्छन् र दौड शुरु हुने उनले जानकारी दिएका छन् ।

DSC 0296

‘यसरी दौडिदा कहिल्यै माथि हेर्नु हुँदैन,’ अवकाश प्राप्त क्याप्टेन हरिप्रसाद राईले भने, ‘अन्यथा डोको भुईमा खस्न सक्छ ।’ अप्ठेरो जमिन र वर्षाका बीच भारी डोको बोकेर प्रतियोगीहरुले ४६ मिनेटमा दौड पूरा गर्नुपर्छ । गर्न नसके उनीहरुको यात्रा त्यहीँ टुंगिन्छ । टुप्पोमा पुगेपछि उनीहरुले खाजा खान पाउँछन् । त्यहाँ छोटो अन्तरवार्ता हुन्छ र त्यसपछि नतिजाको प्रतीक्षा गर्नुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७