बालुवाटार वा सिंहदरबार जहाँ भए पनि निर्मलाका हत्यारालाई छोडिन्न : गृहमन्त्री


२३ माघ २०७५, बुधबार
badal 1

काठमाडौं, २३ माघ । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तका हत्यारा बालुवाटार वा सिंहदरबार जहाँ रहे पनि नछाडिने स्पष्ट पारेका छन् ।

badal 1

रामबहादुर थापा बादल

प्रतिनिधिसभाको आज (बुधबार) को बैठकमा सांसदहरुले राखेको ‘निर्मला पन्तका हत्यारा सिंहदरबार र बालुवाटारमा छन् ?’ भन्ने प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यो प्रकरणमा सरकारले गम्भीर भएर अनुसन्धान गरिरहेको जानकारी गराएका छन् ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले पन्तको हत्यारा बालुवाटार वा सिंहदरबारको कुर्सीमा वा कहाँ छ भनेर जवाफ मागेपछि गृहमन्त्री थापाले यस्तो जवाफ दिएका हुन् । गृहमन्त्री थापाले अपराधीलाई राज्यले छुट नदिने भन्दै जहाँ भए पनि कानुनको कठघरामा ल्याएरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७