अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र ‘सयकडा दश’ : प्रमुख आयुक्त


२३ माघ २०७५, बुधबार
SAYA KADA DAS New Nepali Movie1

ललितपुर,२३ माघ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले चलचित्र ‘सयकडा दश’लाई अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र बताएका छन् ।

SAYA KADA DAS New Nepali Movie

आयुक्तले मंगलबार ललितपुरको पुलचोक स्थित क्युएफएक्स हलमा दर्शक माझ बसेर चलचित्र हेरेपछि ‘अख्तिायारको उद्देश्यलाई बोकेको चलचित्र’ भनेका हुन् ।

उनले भने ‘चलचित्र सन्देश मुलक छ । म आशा विश्वास र अपेक्ष पनि के गर्छु भने यो चलचित्र हरेक नेपालीले हेर्नुपर्ने चलचित्र बनेको छ’, उनले अगाडि भने ‘अख्तियारको मुल मर्मलाई नै बोकेर चलचित्र बनेको लाग्यो मलाई । भ्रष्टाचारका विषयमा मैले बारम्बार भन्ने गरेको कुरा मौन रहनु पनि छन् ठूलो भ्रष्टाचार हो । त्यो मौनतालाई चिर्नेकाम यो चलचित्रले गरेको छ ।’

चलचित्रलाई अख्तियार प्रमुख आयक्तसहित आयुक्त डा. सावित्री गुरुङ, विदुषी सपना मातालगायत बिभिन्न व्यक्तित्वहरुले हरेका थिए ।

SAYA KADA DAS New Nepali Movie1

आयुक्त डा. सावित्री गुरुङले हसाउदै रमाइलो गराउदै महत्वपूर्ण संदेश दिएकोले निर्माण पक्ष र कलाकारलाई धन्यबाद दिइन । साथसाथै यो चलचित्र कुनै बर्ग बिशेषको लागि मात्र नभएर आम नेपालीले हेर्नु पर्नेमा जोड दिइन ।

यही माहोलमा ‘सयकडा दश’ हेर्न आफ्ना भक्तजनहरु सहित आएकी विदुषी सपना माताले चलचित्र अत्यन्तै मार्मिक भएको भएको भन्दै सबैलाई नछुटाउन अनुरोध गरिन ।

बेलुका ६ बजेको शो मा पनि दर्शकहरुको बाक्लो उपस्थिति रहेको र अधिकांस दर्शकले राम्रो चलचित्र भनी प्रतिक्रिया दिएका थिए । सबैले चलचित्र सन्देश मुलकसहित मनोरञ्जनले भरपूर्ण रहेको भन्दै उक्त चलचित्र एकपटक हेर्नैपर्ने सुझाए । उनिहरुले ‘यसको सन्देश प्रभावशाली मात्रै छैन, सरकारलाई घच्घचाउने खालको समेत छ’ भनेका थिए ।

शुक्रबार रिलिज भएको रामशरण पाठक निर्दे्शित चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, रवि डंगोल, रश्मी भट्टलगायतको अभिनय रहेको छ । चलचित्र राम्रो व्यापार गरिरहेको निर्माणपक्षले जनाएको छ ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा चलचित्र निर्माण गरेका हुन् । चलचित्रका रामेश्वर कार्की छायांकार हुन् । बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल चलचित्रको कार्यकारी निर्मातामा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७