अब सत्ता र सरकारलाई आश्चार्यचकित बनाउने पालो हाम्रो : गगन थापा


२३ माघ २०७५, बुधबार
gagan thapa

काठमाडाैं, २३ माघ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद गगन थापाले सरकारले संसदमार्फत प्रतिपक्षी दलका रुपमा आफूहरुलाई गरिएको व्यवहार कुनै पनि हालतमा बिर्सन नसकिने बताएका छन् ।

gagan thapa

प्रतिनिधिसभाको बुधबारको वैठकको शून्य समयमा बोल्दै सांसद गगन थापाले नेपाली कांग्रेसले अब सदन अवरुद्ध नगराउने भए पनि सडकबाट सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिए । उनले सरकारलाई जायज मुद्दामा सहयोग गर्न कांग्रेस जहिल्यै तयार रहेको बताउँदै संसदमा सरकारले दुई तिहाइको बलमा कांग्रेसमाथि गरेको व्यवहार भुल्न नसकिने बताए ।

उनले सरकारले यति ठूलो प्रतिपक्षी दललाई नदेखेको र वेवास्ता गरेको बताउँदै अब सरकार र सत्ता पक्षलाई सडकबाट प्रतिपक्षी दल कहाँ छ भन्ने कुरा देखाई दिने बताए । सांसद थापाले सरकारले विगतमा भएका सहमतिहरुबाट सरकार भागेर आश्चर्य लाग्दा निर्णयहरु गर्दै अगाडि बढेको आरोप लगाउँदै नेता थापाले अब कांग्रेसले सरकार र सत्ता पक्षलाई सडकबाटै आश्चर्यमा पार्ने बताए । उनले भने, ‘अब सडकबाट सरकार र सत्ता पक्षलाई आश्चर्यचकित बनाउने पालो हाम्रो हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७