ओली-प्रचण्ड सहभागी कार्यक्रममा गीत गाएको भन्दै जनगायक जीवन शर्मा मसालबाट निलम्बित


२४ माघ २०७५, बिहीबार
jeevan sharma

काठमाडौं, २४ माघ । जनगायक जीवन शर्मा आफू आवद्ध राजनीतिक दलबाट स्पष्टिकरण समेत दिन नपाई निलम्बित भएका छन् ।

jeevan sharma

उनी मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालबाट निलम्बित हुन् । पार्टी निकट स्रोतका अनुसार पार्टी हित विपरीत जापानमा गएर गीत गाएको, नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड सहभागी कार्यक्रमहरुमा सहभागी भएर गीत प्रस्तुत गरेकोलगायतका आरोप लगाउँदै उनलाई मसालले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिएको हो ।

पार्टीले स्पष्टिकरण समेतको मौका नदिई शर्मालाई निलम्बन गर्ने निर्णय गरेको बताइएको छ । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष समेत रहेका शर्मामाथि पार्टी अध्यक्ष मोहन विक्रमको लाइन नपक्रिएको आरोप समेत लगाइएको छ । शर्माको सिमली छायाँमा बसी, झरनाको चिसो पानी, सालघारीमा, सामन्तले, लडाईको मैदानबाट, फोक्ल्याण्डको टापुबाट लगायतका जनवादी गीत चर्चित हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७