सांसद साँवाको अगुवाईमा झापामा १० मेगावाटको सोलार पावर आयोजना


२४ माघ २०७५, बिहीबार
LP Sanwa Limbu

काठमाडौं, २४ माघ: झापामा १० मेगावाट क्षमताको सोलार पावर उत्पादन हुने भएको छ । झापा जिल्ला क्षेत्र नं. ४ का सांसद एंव नेपाल कम्युनष्टि पार्टी (नेकपा)का नेता एल.पी. साँवा लिम्बुको नेतृत्वमा १० मेगावाट क्षमताको सोलार पावर उत्पादन गर्न लागिएको हो ।

LP Sanwa Limbu

‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियान अन्तरगत झापा इनर्जी लिमिटेड कम्पनी स्थापना गरेर सोलार पावर उत्पादन अभियान सुरु गरिएको सांसद साँवाले बताए । उनका अनुसार गत २०७५ असोज १६ गते भापा इनर्जी कम्पनी लिमिटेड स्थापना गरेर काम अघि बढाइएको छ ।

आयोजना सञ्चालनको लागि साँवाको अध्यक्ष रहेको ११ सदस्सीय सञ्चालक समिति गठन गरिएको छ । समितिमा प्रेम गिरी, झलक दर्लामी, बसन्त बानियाँ, रामचन्द्र उप्रेती, ज्ञानुराम प्रसाई, शिबकुमार ढुङ्गेल, गणेश ढकाल, सुबास भट्टराई, देविभक्क्त श्रेष्ठ र गणेशप्रसाद पोखरेल छन् ।

यसैगरी झापाको स्थानीय तह स्तरमा पनि लगानी व्यबस्थापनको लागि समिति बनाइएको छ । यो आयोजनाको कुल लागत ८७.९८ करोड हुनेछ । बार्षिक उत्पादन १.५५ करोड युनिट विद्युत् शक्ति हुनेछ । आयोजनबाट बार्षिक ११.३० करोड हुने लक्ष्य राखिएको छ ।

बार्षिक सञ्चालन ४४ लाख गरेर बार्षिक नाफा १०.८६ करोड राखिएको छ । यो आयोजना सम्पन्न गर्नका लागि समय भने एक बर्षको राखिएको छ । विद्युत खरिद विक्री सम्झौता र उत्पादन अनुमतिपत्र ६ महिना लाग्नेछ । यस्तै संरचना निर्माण र सोलार जडानमा ६ महिना समय लाग्नेछ ।


यो आयोजना सम्पन्न भएपछि कृर्षि, रिसोर्ट, माछापालन, फनपार्क लगायतका क्षेत्रमा सामुहिक लगानी जुटाएर काम गर्ने योजना रहेको सांसद साँवाले बताए । झापाका हरेक नागरिकहरुलाई सुखी र समृद्ध बनाउनका लागि सामुहिक लगानीको काम प्रयास अन्तरगत यो आयोजना अघि सारिएको सांसद साँवाको भनाई छ ।

हरेक नागरिकलाई उत्पादनसँग जोड्ने अभियानको सुरुवात भएको उनी बताउँछन् । वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका साँवाले भने, ‘सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको सुखी नेपाली, समृद्ध नेपाल अभियानको एउटा सानो अंश यो पनि हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७