धुर्मुस-सुन्तलीले मलेसियामा यसरी जुटाउँदैछन् क्रिकेट रङ्गशालाका लागि रकम


२५ माघ २०७५, शुक्रबार
dhurmus suntali 3 ipkErNVSGm

काठमाडौं, २५ माघ । चितवनको भरतपुरमा अन्तर्राष्ट्रियस्तरको गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणको जिम्मेवारी लिएका हाँस्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) रकम संकलन अभियानमा जुटेका छन् ।

dhurmus suntali 3 ipkErNVSGm

धुर्मुस–सुन्तली रङ्गशाला निर्माणको महत्वकांक्षी सपना बोकेर नेपालीहरुको वैदेशिक रोजगारको गन्त्व्य मलेशिया पुगेका छन् । गएको माघ १६ मा घोषणा गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ मलेशिया पुगेका उनीहरुले मलेशियामा कार्यक्रम आयोजना गरेका छन् । लोक गायक बद्री पंगेनी, गायिका मेलिना राई, सम्झना भण्डारीसहित धुर्मुस सुन्तली मलेसिया पुगेका थिए ।

उनीहरुले मलेसियाका तीन शहरमा ‘सिटी एक्सप्रेस धुर्मुस–सुन्तुली साँझ–२०७५’ आयोजना गरेका छन् । फेब्रुअरी ५ मा क्वालालम्पुर, ६ मा पेनाङ एसटी एन्नी चर्चमा आयोजित कार्यक्रममा दर्शकले भरपुर मनोरन्जन लिए । मलेसियाकै जोहर बारुमा आगामी १० तारिखमा कार्यक्रम हुनेछ ।

झण्डै तीन अर्बको लागत अनुमान गरिएको रङ्गशाला निर्माणमा मलेसियाबाट राम्रो सहयोग हुने विश्वास आफूलाई भएको सीताराम कट्टेल कार्यक्रममा बताएका छन् । यसअघि नमूना बस्ती निर्माणको काम गरेर जनताको विश्वास जितेका उनीहरुले रङ्गशाला निर्माणको काम पनि तोकिएको र मापदण्डअनुसार नै जनताकै सहयोगमा निर्माण गरिने स्पष्ट पारिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७