थाइल्याण्डकी राजकुमारी नै प्रधानमन्त्रीको उम्मेद्वार, विश्वभर राजनीतिक तरङ्ग


२५ माघ २०७५, शुक्रबार
thaiprinces 0822019082951

काठमाडौं, २५ माघ । थाइल्याण्डमा संवैधानिक राजतन्त्र छ । राजपरिवारका सदस्यले देश राजनीतिक गतिविधिमा सक्रियतापूर्व हात हाल्दैनन् ।

thaiprinces 0822019082951

तर, थाइल्याण्डकी राजकुमारी उबोलरतना राजकन्याको एउटा कदमले अहिले विश्वभर नयाँ तरङ्ग सिर्जना गरेको छ । उनले आउँदो मार्च २४ का लागि घोषणा भएको निर्वाचनमा प्रधानमन्त्री पदका दागि उम्मेद्वारी घोषणा गरेपछि अहिले विश्वभर एक नयाँ राजनीतिक तरङ्ग र वहस सिर्जना गरेकी छिन् ।

स्व. राजा भूमिबोल अदुल्यादोजकी छोरी ६७ वर्षीया उबोलरतना निर्वासनमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट प्रधानमन्त्रीमा उम्मेदवारी दिने भएकी छिन् । थाइल्याण्डमा शुक्रबारसम्म हरेक दलले आफ्ना प्रधानमन्त्री उम्मेद्वारका नाम निर्वाचन आयोगमा बुझाउनु पर्ने थियो । सिनावात्राको थाई रक्षा चार्ट पार्टीले आफ्नो प्रधानमन्त्रीको उम्मेद्वार रूपमा उबोलरतनाको नाम पठाएको छ ।

‘देशभित्र र बाहिरको अनुभव बाँड्दै उहाँ हाम्रो प्रधानमन्त्रीको उम्मेद्वार हुन राजी हुनुभयो । हामीलाई विश्वास छ उहाँ उपयुक्त उम्मेद्वार हो,’ पार्टीका नेता प्रीचापल पोङपानिचले भनेका छन्, ‘हामी नियमको पालना गर्नेछौं । हामी सबै कुरा कानून अनुसार नै अगाडि बढाउँछौं । उहाँका लागि कुनै विशेष अधिकार र सुविधा हुने छैन ।’

1x 1

राजसंस्थासम्बन्धी कानूनले राजपरिवार कुनै सदस्यको विरोध गर्न पाइँदैन । उम्मेद्वार बनेपछि उनको हकमा यो लागू हुन्छ कि हुन्न भन्ने अन्यौल छ । भने राजकुमारीको उम्मेद्वारीलाई लिएर विश्वले अबका गतिविधिहरुलाई बढो गम्भिरताका साथ जिज्ञासा राखेका छन् ।

प्रायुथ चान ओचालाई धक्का
उबोलरतनाको उम्मेदवारीसँग सन् २०१४ मा सैन्य कूमार्फत सत्तामा आएका प्रायुथ चान ओचालाई आगामी चुनावमा धक्का लाग्ने देखिएको छ । उनी जुन्तासमर्थक पालाङ प्रचारत पार्टीबाट प्रधामन्त्री उम्मेद्वार बनेका छन् ।

राजकुमारी उबोलरतना अहिलेसम्म पार्टीकी सदस्य छैनन् । उनले सांसदका लागि उम्मेद्वारी पनि दिएकी छैनन् । थाइल्याण्डको संविधानअनुसार सांसद नहुँदा पनि प्रधानमन्त्री बन्न पाइन्छ । अमेरिकी नागरिक पिटर जेन्सनसँग विवाह गरेपछि सन् १९७२ मा उबोलरतनाले थाई राजपरिवारको उपाधि त्यागेकी थिइन् । १९९८ मा उनको पिटरसँग सम्बन्धविच्छेद भएको थियो । त्यसको तीन वर्षपछि उनी स्वदेश फर्किएकी थिइन् ।

सन् १९३२ संविधानले राजसंस्था आलंकारिक बनाएपछि थाई राजपरिवारका कुनै पनि सदस्यले सक्रिय राजनीति पदका लागि चुनाव लडेका छैनन् । उबोलरतनाले उम्मेद्वार बन्न सिनावात्राको पार्टीलाई छानेकाले पनि धेरैले यसलाई आश्चार्य मानेका हुन् ।

प्रहरीबाट टेलकम व्यवसायी हुँदै राजनीतिमा होमिएका सिनावात्रा थाई जनतामा निकै लोकप्रिय छन् । सन् २००१ यता भएका सबै चुनावमा उनको पार्टीले बहुमत ल्याएको छ । तर दुई पटक भएका सैन्य कूबाट प्रधानमन्त्रीलाई हटाइएको छ । सन् २००६ मा भएको सैन्य कूपछि सिनावात्रा निर्वासनमा गए । त्यसपछि उनका ज्वाइँ सोम्चाइ वोङसवात सन् २००८ मा प्रधानमन्त्री बने। सन् २०११ मा सिनावात्राकी बहिनी यानलक सिनावात्राले प्रधानमन्त्री जितिन् तर सन् २०१४ को सैन्य कूबाट उनलाई हटाइयो ।

उनी प्रधानमन्त्री हुँदा अनुदानको चामल कार्यक्रममा मुद्दा लगाएर उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । सिनावात्रा दाजु बहिनी निर्वासनमा देश बाहिर बस्छन् । प्राय उनीहरू युएईको दुबई बस्ने गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७