खाल्डो ग्रुप ब्याडमिन्टन उपाधी इन्द्रहाङ र सुरेशलाई


२५ माघ २०७५, शुक्रबार
Hongkong bandmintion 4

हङकङ, २५ माघ । चाइनिज नयाँ वर्षको अवसरमा खाल्डो ग्रुपको आयोजनामा भएको ब्याडमिन्टन प्रतियोगिताको मेन्स डबल्स ए मा इन्द्रहाङ र सुरेश गुरुङको जोडी विजेता बनेका छन् ।

ग्रुपले आफ्नो सदस्यभित्र काउलुन पार्कको गहिरामा रहेको खुल्ला ब्याडमिन्टन कोर्टमा आयोजना गरेको प्रतियोगितामा शान्त वीर राई र अनिल साम्रा जोडिलाई पराजित गर्दे विजयी बनेका हुन् ।

यसैगरी समूहको बी डिभिजनतर्फ बज्रकुमार थुलुङ राई र डम्बर साम्राले विजेता बने । उनीहरूको जोडिले रमेश पुन र चन्द्र राईको जोडीलाई पराजित गरी विजेता बनेका हुन् ।

वुमेन्स डबल्सतर्फ माया वान्तवा राई र एन्जेला वान्तवा राईले इन्द्रकला राई र भावना श्रेष्ठको जोडीलाई पराजित गरी प्रथम भए । भने मिक्स डबल्सतर्फ दिपेन वान्तवा राई र प्रतिभा गुरुङको जोडीले प्रतीक्षा गुरुङ र राजकुमार राईको जोडीलाई हराउँदै विजेता बने ।

प्रतियोगिता मेन्स डबल्स ए, मेन्स डबल्स बी, मिक्स डबल्स र वुमेन्स डबल्स गरी ४ डिभिजनमा खेलाइएको थियो । विजेता जोडीहरूलाई पुरस्कारस्वरुप नगद, स्पोर्टस् टि–सर्ट, सटल–ककलगायत प्रदान गरिएको थियो ।

आयोजक खाल्डो ग्रुपका अध्यक्ष शान्त वीर राईको अध्यक्षतामा गरिएको छोटो औपचारिक कार्यक्रममा हङकङ नेपाली ब्याड ब्याडमिन्टन सङ्घका सदस्य प्रवीण गुरुङ तथा अग्रज खेलाडीहरूको बाहुलीबाट पुरस्कार प्रदान गरिएको थियो ।

ग्रुपका सचिव विनोस साम्राले तारिफयोग्य रोमाञ्चक शैलीमा कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम समापन पश्चात् गोल्ड कोष्ट वार्विक्यू स्पोटमा वार्विक्यू भोज गरिएको थियो । प्रत्येक चाइनिज नयाँ वर्षको अवसरमा ब्याडमिन्टन प्रतियोगिता गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७