फुटबल क्लबमा आगलागी हुँदा ६ युवा खेलाडीको जलेर मृत्यु


२५ माघ २०७५, शुक्रबार
ttt

काठमाडौँ, २५ माघ । ब्राजिलको सबै भन्दा ठुलो फुटबल क्लब फ्लामेङ्गोमा आगलागी हुँदा ६ युवा खेलाडीसँगै १० जनाको जलेर मृत्यु भएको छ ।

ब्राजिलको राजधानी रियो दी जेनेरियोस्थित फ्लामेङ्गो फुटबल क्लबको एकेडेमीमा आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । आगालागिमा परेर मृत्यु हुनेमा ६ युवा खेलाडी र ४ जना क्लबका कामदार रहेको जनाइएको छ । भने, ३ जना घाइते भएका छन् । घाइते हुनेमा एक जना गम्भीर रहेका छन् ।

क्लबमा १४ देखि १७ वर्ष उमेर समूहका रहेको ब्राजिलियन सञ्चार माध्यमले उल्लेख गरेको छ । क्लबमा आगलागी हुँदा खेलाडीहरू सबै निन्द्रा मानै रहेको अनुमान गरिएको छ । आगलागीले क्लबको खेल मैदान प्यारा फिट ध्वस्त छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७