प्रधानमन्त्रीमा दिदीको उम्मेद्वारीप्रति थाइ राजा असन्तुष्ट


२६ माघ २०७५, शनिबार
thai

बैंकक, २६ माघ । थाइल्याण्डका राजा वजिरालोङकर्णले आगामी मार्चमा हुने प्रधानमन्त्रीको चुनावमा आफ्नी दिदी उबोलरत्नाको अप्रत्यासित दाबेदारीलाई अनुचित भएको बताएका छन् ।

thai

राजा वजिरालोङकर्णले राजदरबारबाटै एक सन्देश जारी गर्दै आफ्नो दिदीको दाबेदारी देशको संस्कृतिको विरुद्ध भएको बताएका हुन् । राजाकी दिदी ६७ वर्षीया राजकुमारी उबोलरत्नाले पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट प्रधानमन्त्रीको उम्मेद्वार बन्ने घोषणा गरेपछि राजाले असन्तुष्टि जनाएका हुन् ।

राजदरबारबाट जारी सन्देशमा राजकुमारी उबोलरत्नाले शाही उपाधि छाडे पनि एउटै वंशको सदस्य भएको र त्यस्ता सदस्यले राजनीतिमा आउनु परम्परा र संस्कृतिविरुद्ध हुने भएकाले यो अनुचित हुने उल्लेख छ ।

सन्देशमा राजपरिवारलाई राजनीतिबाट टाढै राख्नुपर्ने संवैधानिक व्यवस्था भएकोसमेत उल्लेख छ । उबोलरत्ना स्वर्गीय राजा भूमिबोल अतुल्यतेजकी छोरी हुन् । यसअघि थाई राजपरिवार राजनीतिबाट टाढा रहँदै आएकोमा राजकुमारीको उम्मेदवारी घोषणाले यो परम्परा टुटेको छ ।

विश्लेषकहरुले भने राजाको हस्तक्षेप भए आगामी मार्च २४ मा हुने प्रधानमन्त्री निर्वाचनको चुनावका लागि राजकुमारीलाई अयोग्य घोषित गर्नसक्ने बताएका छन् । यो निर्वाचनलाई पाँच वर्षको सैन्य शासनपछि थाइल्यान्डमा लोकतन्त्र पुनर्बहालीको अवसरका रुपमा लिइएको छ ।

थाई राक थाई पार्टीका नेता प्रिचापल पोङपानिचले सबै कुरा कानुन अनुसार हुने र उबोलरत्नका लागि विशेष अधिकार र सुविधा नहुने दाबी गरे । अमेरिकी नागरिकसँग विवाह गरेर डिभोर्स गरेकी उबोलरत्नाले राजपरिवारको उपाधि भने विवाहलगत्तै त्यागेकी थिइन् । उबोलरत्नको उम्मेदवारीले सन् २०१४ मा सैन्य ‘कु’ मार्फत सत्तामा आएका प्रायुथ चान ओचालाई धक्का लाग्ने आँकलन गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७