दुर्घटना गराएपछि बेलायतका राजकुमार फिलिपले त्यागे सवारी अनुमतिपत्र


२७ माघ २०७५, आईतवार
prince6617

लण्डन, २७ माघ । बेलायतका राजकुमार फिलिपले आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) स्वेच्छिक रुपमा त्याग गरेको घोषणा गरेका छन् ।

prince6617

गत महिना फिलिप आफैँले चलाएको ल्याण्ड रोभर जीप दुर्घटना भएपछि सञ्चार माध्यममा बुढ्यौली उमेरमा सवारी चलाउने बारेमा बहस शुरु भएको थियो । सन्तानब्बे वर्षीय फिलिप बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति हुन् । बकिङ्घम राजदरबारले एक विज्ञप्ति प्रकाशन गरी राजकुमारले स्वेच्छिक रुपमा लाइसेन्स त्याग गरेका हुन् ।

प्रहरीले राजदरबारको बाहिरपट्टि भएको उक्त दुर्घटनासम्बन्धी फाइल अभियोजनकर्ता समक्ष पठाएको जनाएको छ । ‘नर्फोक प्रहरीले ल्यान्ड रोभर जीपका ९७ वर्षीय चालकले स्वेच्छिक रुपमा लाइसेन्स फिर्ता गर्नुभएको छ,’ प्रहरीले पुष्टी गरेको छ । ‘राजदरबार बाहिरको सान्ड्रिन्घाममा फिलिपले हाँकेको गाडी अर्को गाडीसँग ठोक्किएको र त्यससम्बन्धी प्रतिवेदन राजदरबारका अभियोजन सेवा (सीपीएस) समक्ष पठाइएको छ ।’

सीपीएसका एक जना प्रवक्ताले घटनामा राजकुमारको नाम जोडिएकाले त्यसै अनुरुप घटनाका बारेमा छानबिन गरिने बताएका छन् । तर प्रहरीले फिलिपमाथि कारबाही गर्ने सम्भावना ज्यादै न्यून रहेको विश्लेषकहरुले बताएका छन् ।

फिलिपको जीपले किया कारलाई ठक्कर दिएको थियो । प्रहरीले किया कारको पछिल्लो सिटमा रहेका बालकलाई भने केही भएको छैन । कारमा सबार एक महिलाको कम्मर भाँचिएको र घुँडामा चोट लागेको छ । राजकुमार फिलिपले सन् २०१७ देखि सार्वजनिक जीवनबाट अवकाश लिएका थिए । उनको गत वर्ष अप्रिलमा पिठ्युँ प्रतिस्थापन शल्यक्रिया गरिएको थियो । –एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७