‘वामगठबन्धनले दुईतिहाई ल्याउँछ’


१५ मंसिर २०७४, शुक्रबार
bhim acharya 1 3

नेकपा (एमाले)को पार्टी सचिव रहेका भीम आचार्य पूर्व पर्यटनमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका नेता हुन् । केन्द्रीय राजनीतिसँग पहुँच राख्ने आचार्य पार्टी सचिवसँगै प्रदेश नं १ का संयोजकसमेत हुन् । अहिले प्रादेशिक संरचना अनुसार मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको चुनावमा सुनसरी क्षेत्र नम्बर १ (ख)बाट प्रत्यक्षतर्फ वामगठबन्धनका प्रदेश सदस्य उम्मेदवार छन् । सुनसरी निवासी उनै नेता एवं उम्मेदवार आचार्यसँग भएको  निर्वाचन  विषयमा गरिएकाे कुराकानी ःbhim acharya 1 3

तपाईको उम्मेदवारी किन र केका लागि ?
विगतमा मुलत संविधान बनाउनको लागि हामी चुनिएका थियोैं । निक्कै कठिन परिस्थितिको बाबजुद संविधान निर्माण भयो । अब संविधान कार्यान्वयनको प्रश्न अहम प्रश्न हो । संविधानमा व्यवस्था भएका जनताको मौलिक अधिकार सुनिश्चितता, देशको विकास र जनताको समृद्धि । यो अभियान हाम्रो पार्टीको मुख्य कार्यदिशा हो । त्यसका लागि बामपन्थीहरुको सरकार बनाउने । जुन खाल्को पछौटेपन छ । त्यो सबैलाई समाप्त गर्दै सरकार बनाउने र कार्यान्वयन गर्ने जिम्मा अबको निर्वाचन हो ।
विगतको निर्वाचन र अहिलेको निर्वाचनको  के फरक छ ?
विगतमा मूलत संविधान बनाउने भनेर निर्वाचन भाथ्यो । र, त्यसमा विभिन्न सेक्टरको मान्छेहरूलाई प्रतिनिधित्व गराउनको लागि हामी ठुलो सङ्ख्यामा जम्मा भएका थियौँ । संविधान बनायौं । त्यो सिद्दियाे । अहिले हाम्रो देशमा मूल समस्याको रूपमा राजनीतिक अस्थिरता छ । त्यसलाई टुंग्याउनको लागि पनि बामतालमेल गरेका छौँ । भविष्यमा पार्टी एकिकरण गर्ने र बामगठबन्धनको सरकार बनाउने आर्थिक समृद्धि तर्फ अघि बढाउने उद्देश्य हो ।

तपार्इकाे आफ्नै क्षेत्रमा जनता रिसाएका छन्, भन्ने सुनिन्छ, खास के भएको हो ?
त्यस्तो होइन । मैले त स्वतन्त्र ढङ्गबाट रेडियो कार्यक्रमहरू सुन्दा हरेक मान्छेले विकास गरेको छ । काम भाछ तर उ चाही ढिलो ढिलो आउँछ भनेर रेडियोमा सुन्नमा आउँछ । ४–५ महिनामा ४–५ महिनामा आफ्नो क्षेत्र जान्छु । अहिले पनि आफ्नै क्षेत्रमा छु । विकास पनि भएको छ । केही पनि गरेन भनेर कसैले पनि भनेको छैन । म दाबीका साथ भन्छु मैले जति कुनै पनि मन्त्रीले काम गरेका छैनन् ।

काम गराइमा तपार्इ सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट त म छैन । अझै धेरै काम गर्न छ । तर, म दाबीका साथ भन्दा अन्त भन्दा बढी काम गरेको छु ।

प्रदेश सरकार बन्दै छ । प्रदेश सरकारको मुख्य मन्त्रीको रूपमा तपाईको नाम पनि आइरहेको छ ?
अव म पार्टीको सचिव भइसकेको मान्छे, केन्द्रीय कमिटीमा बसिसकेको मान्छे, पटक पटक सांसद भएको मान्छे । मान्छेले सोच्नु स्वाभिवक हो । अरू साथीहरूको दाबी हुनु स्वभाविक नै हो । तर पार्टीको सिनियारिटीको हिसाबमा मूख्यमन्त्री हुन्छ, सभामुख हुन्छ । प्रदेश सभा निर्वाचनपछि पार्टीले बसेर समाधान गर्छौ ।

राजधानीको सन्दर्भमा तपार्इको भनाई के छ ?
राजधानीको कुरा अहिले भन्नु भन्दा पनि हामी प्रदेश सभा चुनेर आइसकेपछि सबैसँग सरसल्लाह गरेर, जनताको भावनामा ध्यानमा दिएर अघि बढ्छौं । त्यस्तै सबैको सहजतालाई ध्यानमा दिएर, संरचनालाई ध्यान दिन्छौं ।

मङ्सिर २१ को सन्दर्भमा तपाईको उम्मेदवारी र विजय हुने आधारहरु के के हुन सक्छन् ?
के छ भने मैले हिजो गरेका काम, हामीले त्यो क्षेत्रमा कहिल्यै नभएका कामहरू गरेका छौँ । तर, अझै हुन बाकी छ । अहिले ६ वटा मेन हाइवेहरु बन्दै छन् । धरान चतराको हाइवेको कालोपत्रे मैले गरेको हुँ । कान्छीचोकदेखि कञ्चनपुरसम्म, झुम्काबाट प्रकाशपुर पीच जाँदैछ । कोसीमा ठुला पुल हालेका छौँ । खानेपानी, स्वास्थ्यचौकी, ४–५ वटा खेल मैदान, कभर्डहलहरु बनेका छन् । साना विकास कार्यक्रमहरू भएका छन् । काम भएन भन्ने कसैको गुनासो छैन ।
एकाएक बामगठबन्धन जोडियो यसको औचित्य के हो यसको आयु के होला ?
पहिलो कुरा त के हो भने विकासको लागि राजनीति र परिवर्तनको लागि शक्ति आवश्यक पर्छ । र, परिवर्तनशील शक्ति, केही गर्न सक्ने शक्तिको आवश्यकता महसुस भएर वाम तालमेल भएको हो । यो बामगठबन्धनमा मात्रै सीमित छैन । पार्टी एकिकरण पनि हुन्छ । देशको आर्थिक विकासको लागि पनि यो गठबन्धन हो । दोस्रो कुरा यसअघि माओवादी र काँग्रेस मिल्दा लोकतान्त्रिक हुने र एमाले माओवादी मिल्दा अलोकतान्त्रिक हुने भन्ने नै होइन ।

वामगठबन्धनले दुईतिहाई ल्याउने शंखघोष गरिरहनु भएको छ त्यो सम्भव छ ?
किन नहुनु । त्यही भएर त अरू आत्तिरहेका छन् । देशका अधिकांश सिटीहरुमा एमालेले १५ हजार भोट ल्याको छ । माओवादीले ८ हजार भोट ल्याएको छ । काँग्रेसले १६ हजार भोट ल्याएर जितेको अवस्था छ । बाम विभाजन गर्दा भएको न हो यो । एक भयो भने त स्वतः बाम गठबन्धनले जित्छ ।

 प्रदेश र प्रतिनिधि सरकार दुईतिहाई हुन्छ ?
यति हो प्रत्यक्षमा हामी दुई तिहाई ल्याउँछौं । समानुपातिकमा दुईचार सिट तल माथि हुन सक्छ कि भन्ने लाग्छ ।

दुई तिहाई नआए देश विकासको कामै नहुने हो त ?
अहिलेसम्म देशको विकास हुन नसक्नुको मुख्य कारण नै स्पष्ट बहुमतको सरकार नहुनु हो । हामीले कहिल्यै पनि बहुमतको सरकार बनाएर ५ वर्षसम्म सरकार चलाउन पाएनौं । जति गर्‍यौँ अल्पमतको सरकार र कुनै न कुनै दलसँग मिलेर गर्‍यौँ । केही राम्रो काम गर्‍यो कि कम्युनिस्ट सरकार ढालिहाल्ने । काँग्रेसले त २ पटक स्पष्ट बहुमत ल्यायो, तर आफै टिक्न सकेन । देश र जनताको लागि पनि कुनै काम गरेन । अब हामी प्रदेश र प्रतिनिधि सभामा स्पष्ट बहुमत ल्याएर ५ वर्षसम्म स्थिर सरकार बनाउछौं, र देशलाई विकास, समृद्धि, समुन्नतिको बाटोमा डोर्याउछौं ।

सुनसरी १ (ख) का जनतालाई के भन्न चाहानुहुन्छ ?
१ ख लाई मात्रै हैन, सुनसरी भरी देशभरीको जनतालाई के भन्छु भने देशले परिवर्तन चाहेको छ । देशमा विकास र समृद्धि ल्याउनु वामपन्थीहरुको तालमेलबाट मात्र सम्भव छ । त्यस कारण भोट दिएर जिताउन आग्रह गर्दछु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७