आइजीपी खनालले खाेसे नेता र प्रहरी हाकिमका २८० अङ्गरक्षक


२८ माघ २०७५, सोमबार
Sarbendra Khanal

काठमाडौं, २८ माघ । नेपाल प्रहरीले विशिष्ट व्यक्ति र नेतालगायतको सुरक्षामा खटिएका २८० अङ्गरक्षकलाई फिर्ता बोलाएको छ ।

Sarbendra Khanal

पछिल्लो १० महिनाको अवधिमा प्रहरीले अनावश्यक रुपमा प्रहरीकै बहालवाला र अवकाश प्राप्त प्रहरी अधिकारीसँगै नेताहरुको सुरक्षामा रहेका २८० जनालाई फिर्ता बोलाएको हो । आफूमाथि सुरक्षा ‘थ्रेट’ समेत नभएको अवस्थामा प्रहरी बोकेर हिड्ने प्रवृति बढेपछि उनीहरुलाई फिर्ता बोलाइएको प्रहरीले जनाएको छ । गत बैशाखदेखि पुससम्म बहालवाला र अवकाश प्राप्त प्रहरी अधिकृतहरुसँग रहेका १६३ प्रहरी कर्मचारीहरुलाई फिर्ता बोलाइएको प्रहरीले जानकारी दिएको छ ।

जसमा प्रहरी नायव निरीक्षक (सई) एक जना, प्रहरी सहायक निरीक्षक (असई) १६ जना,प्रहरी हवल्दार ४१ जना, प्रहरी जवान ८० जना र प्रहरी कार्यालय सहयोगी २५ जनालाई प्रहरी अधिकारीकै साथबाट फिर्ता बोलाइएको हो ।

यस्तै अन्य नेता, पूर्वमन्त्री, सासंदलगायत विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ११७ जनालाई फिर्ता बोलाइएको हो । जसमा प्रहरी नायब निरीक्षक (सई) २६ जना,प्रहरी सहायक निरीक्षक (असई) २५ जना, प्रहरी हवल्दार ३७ जना, प्रहरी जवान २७ जना र प्रहरी कार्यालय सहयोगी २ जना छन् । आईजीपी सर्वेन्द्र खनालको निर्देशनमा उनीहरुलाई फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीभित्र कार्वाही र पुरस्कार सँगसँगै प्रहरी प्रधान कार्यालयले कारवाही र पुरस्कारको व्यवस्था सँगँंगै अगाडि बढाएको छ । आईजीपी सर्वेन्द्र खनालले विभिन्न कार्यक्रममा नराम्रो गर्नेलाई निरुत्साहित र राम्रो गर्नेलाई प्रोत्साहन गर्ने बताउँदै आएका छन् । पछिल्लो समय कार्वाही भन्दा पुरस्कृत हुने प्रहरीको संख्या भने बढ्दो छ ।

गत वैशाखदेखि पुस मसान्तसम्मको अवधीमा २ हजार ३९२ पटक प्रहरी आचरण र व्यवहारको अनुगमन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसअनुसार १ हजार २२७ जना प्रहरी कर्मचारीमाथि विभिन्न प्रकारको कारवाही गरिएको छ भने १ हजार ९३८ जना पुरस्कृत भएका छन् ।

चालु आर्थिक वर्षको माघ १६ गतेसम्म १५३ प्रहरी कर्मचारीलाई नोकरीबाट हटाइएको छ भने १९ जनालाई सेवाबाट वर्खास्त गरिएको छ । नोकरीबाट हटाइएकाले भविश्यमा अन्य सरकारी सेवामा प्रवेशका लागि अयोग्य नहुने तर वर्खास्थमा परेकाले भविश्यमा कुनै पनि सरकारी सेवामा प्रवेश गर्न पाउने छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७