नेताको ‘प्रेसर’ मा नेविसंघ सभापति महर, राजीनामा दिंदै


२८ माघ २०७५, सोमबार
NainSIngh Mahar

काठमाडौं, २८ माघ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को अन्योलका कारण मुल पार्टीमै असर देखिएको भन्दै शीर्ष नेताहरुको दवाव परेपछि नेविसंघ सभापति नैंनसिंह महर राजीनामाको मुडमा पुगेका छन् ।

NainSIngh Mahar

नेविसंघको तदर्श समिति गठनका लागि मार्ग प्रशस्त गर्न पार्टीका शीर्ष नेताहरुले दवाव दिएपछि कांग्रेसको भ्रातृ संगठन नेविसंघ सभापति महरले पदबाट राजीनामा दिने तयारीमा लागेका हुन् ।
पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले राजीनामा दिन लागेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

कांग्रेस केन्द्रीय समिति बैठक सोमबार पार्टी कार्यालय सानेपामा बसिरहेको छ । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने कांग्रेसको तयारी छ । तर, अहिले महरले राजीनामा नदिएकाले बैठकले ठोस रुपमा निर्णय लिन सकेको छैन ।

नेविसंघ निकट स्रोतका अनुसार महरले आजै पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठककै बीच राजीनामा बुझाउने तयारी गरिरहेका छन् । नेविसंघको तर्दथ समिति बनेपछि वर्तमान कार्यसमिति स्वतः भङ्ग हुनेछ । माघ २४ गतेको बैठकमा पार्टी उपसभापति विमलेन्द्र निधिले नेविसंघको वर्तमान कार्यसमिति विघटनको प्रस्ताव समेत पेश गरेका थिए ।

नेविसंघको वर्तमान कार्यसमितिले दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न नसकेपछि माउ पार्टी भङ्ग निर्णयमा पुगेको बुझिएको छ । यसैबीच महरले नेविसंघको केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँगको छलफलपछि के गर्ने भन्नेमा निर्णयमा पुगिने जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७