नेपालमा पहिलोपल्ट ५४ वर्षीया महिलाले जन्माइन् टेष्ट ट्युवबाट जुम्ल्याह बच्चा


२९ माघ २०७५, मंगलवार
test tube

काठमाडौं, २९ माघ । काठमाडौंकी एक महिलाले ५४ वर्षको उमेरमा टेष्ट ट्युब बेवी प्रविधिबाट बच्चा जन्माएकी छन् । उनको ५० वर्षको उमेरमा उनको महिनावारी रोकिएको थियो । उनले महिनावारी रोकिएको ४ बर्षपछि बच्चा जन्माएकी हुन् ।

test tube

ललितपुरस्थित अल्का हस्पिटल प्रालिमा आइतबार राति ९ बजेतिर उनले जुम्ल्याह बच्चालाई जन्म दिएकी हुन् । अहिले दुवै बच्चा र आमाको स्वास्थ्य सामान्य रहेको छ । उनी महिनावारी रोकिसकेपछि पनि बच्चा जन्माउन सफल भएकी हुन् ।

अल्का टेष्ट ट्युव बेवी प्रकृया विशेषज्ञ डा. नुतन शर्माले खुशी हुँदै भनिन्, ‘महिनावारी सुकेको महिलालाई समेत हामी आमा बनाउन सफल भयौं । यो घटना सम्भवतः नेपालकै पहिलो घटना हुनसक्ने उनले बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७