१८ करोड ६६ लाख भ्रष्टाचार गरेका गोपाल खड्का साढे दुई करोड धरौटीमा छुटे


२९ माघ २०७५, मंगलवार
gopal khakda

काठमाडौं, २९ माघ । १८ करोड ६६ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर भएका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का धरौटीमा रिहा भएका छन् ।

gopal khakda

निगमका पूर्व कार्यकारी निर्देशक खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।

खड्काको धरौटी रकमका लागि मंगलबार नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेको अदालत स्रोतले जानकारी दिएको छ । अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको देखिएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसपछि विशेष अदालतले उनलाई हाजिर हुन आउन म्याद पठाएको थियो । विशेष अदालतले म्याद पठाएको ३० औं दिनमा खड्का हाजिर हुन आएको विशेष अदालतका रजिस्टार भीम श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७