पूर्वएआइजी भण्डारीलाई सम्मान गर्ने निर्णयबाट पछि हटे एआइजी बस्नेत ?


२९ माघ २०७५, मंगलवार
pm 2

काठमाडौं, २९ माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान(एकेडेमी)का प्रमुख एआइजी धिरु बस्नेत पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीलाई सम्मानित गर्ने निर्णयबाट पछि हटेका छन् ।

pm 2
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली र एआइजी धिरु बस्नेत

मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं समूहको दीक्षान्त समारोहमा यसअघि भण्डारीलाई सम्मानित गर्ने निर्णय एकेडेमीका प्रमुख एआइजी धिरु बस्नेतले गरेका थिए । संगठन प्रमुख आइजीपी सर्वेन्द्र खनालसँग सल्लाह नगरी एआइजी बस्नेतले पूर्वएआइजी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट सम्मान प्रदान गर्न लागेका थिए ।

संगठन विरोधी लेख लेख्ने, संगठनले चालेका कदमको विरुद्ध लाग्दैआएका भण्डारीलाई पुरस्कृत गर्ने निर्णयप्रति संगठनमा असन्तोष पैदा भएको समाचार नयाँपेज डटकमले २०७५ माघ २५ मा लेखेको थियो । नयाँपेजमा समाचार आएपछि आइजीपी खनालले चासो देखाई एआइजी बस्नेतको सातो लिएपछि भण्डारीलाई सम्मानित गर्ने निर्णय बदर गरिएको थियो । र, पूर्व एसएसपी चिन्ताबहादुर बस्नेतलाई सम्मान प्रदान गरिएको थियो ।

३३ किलो सुन र सनम शाक्य हत्या छानबिन प्रकरणमा पूर्वएआइजी भण्डारीले पूर्वडीआइजी रमेश खरेललाई अगाडि सारेर दिएको सार्वजनिक अभिब्यक्ति विवादमा परेको थियो ।
पूर्वएआइजी भण्डारीकै अग्रसरतामा रमेश खरेल र हेमन्त मल्ल ठकुरीसमेतले सुन छानबिनमा प्रहरी अधिकारीलाई पक्राउ गर्नु गलत हो भनी सरकारविरुद्ध पत्रकार सम्मेलन गरेका थिए ।

सूर्यनाथ उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख हुँदा पूर्वएआइजी भण्डारीले धेरै प्रहरी अधिकृतका विरुद्ध उजुरी हाल्दै छानबिन गर्न लगाएका थिए । आफ्नै अधिकृतलाई फसाउने भनेर उनी प्रहरी संगठनमा चिनिन्छन् ।

प्रहरी संगठनमा उनी क्षमतावान मानिए पनि उनले आफ्नै सहकर्मी र माथिल्ला अधिकृतविरुद्ध अख्तियारमा हुँदा देखाएको रबैयाले उनी आलोचित छन् । सरकारकै निवृत्तिभरण खाएर सरकार र संगठनको हितविरुद्ध भण्डारी बोल्दैआएका छन् ।

यो पनि पढ्नुहोस्ः

एआइजीका सामु आइजीपी निरीह


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७