अनमोल केसी स्प्राईटका लागि नेपालको पहिलो ब्राण्ड एम्बेस्डर


२९ माघ २०७५, मंगलवार
anmol kc

काठमाडौं,माघ २९ । स्प्राईटले नेपालीहरुको अभिनेता अनमोल के.सीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

anmol kc

अव कलाकार अनमोलले स्प्राईटसँग सहकार्य गरेर नेपालका लागि पदोन्नतीमा सहयोग गर्नेछन् ।

कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘स्प्राईटले विश्वव्यापी रुपमा प्यासनेट युवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्राण्ड स्प्राईटसँग पूर्ण रुपमा मिल्छ । हामी देशको मुटुको धड्कन बनेका अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ ।’

स्प्राईटका नवनियूक्त ब्राण्ड एम्बेस्डर अनमोल के.सीले स्प्राईटको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको बताए । उनले अवसर प्रदान गरिदिएकोमा कोका–कोला नेपाललाई धन्यवाद प्रकट गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७