यसरी भयो वर्षा र सञ्जोगको इन्गेजमेन्ट, इन्गेजमेन्टपछि सञ्जोगले लेखे, आफ्ना लागि आफूहरुकै विशेष…’


१ फाल्गुन २०७५, बुधबार
Barsha raut sanjog koirala 20190212070719

काठमाडौं, १ फागुन । केही वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेका नायिका बर्षा राउत र नायक सञ्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् ।

Barsha raut sanjog koirala 20190212070719

यही फागुन २ गते (प्रणय दिवस, फेब्रुअरी १४) बिहे गर्ने निधो गरेका उनीहरुबीच सोमबार साँझ एक कार्यक्रमबीच इन्गेजमेन्ट भएको हो । दुवैतर्फका परिवारका सदस्यहरुबीच उनीहरुले बिहेको टुंगो गर्दै औँठी साटेका छन् ।

san1

बर्षासँग इन्गेजमेन्ट भएको जानकारी सञ्जोगले सामाजिक सञ्जालमार्फत् दिएका सार्वजनिक गरेका छन् । उनले इन्गेजमेन्टका तस्बिर फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, ‘सबैका कथा सुन्दर हुने हुन्छन् । तर, आफ्ना लागि आफूहरुकै विशेष लाग्ने ।’

san

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७