खासमा के भएको थियो, नेकपामा झमेला ल्याउने ‘झम्सिखेल बैठक’मा ?

के प्रधानमन्त्री हटाउने कुरा भएको हो ?


१ फाल्गुन २०७५, बुधबार
Prachand madhav jhalnath bamdev and narayankaji

काठमाडौं, १ फागुन : पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्ध प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुरी बढेको छ ।

पार्टी एकताको काम नसक्दै अध्यक्षद्धयबीच सार्वजनिक रुपमा नै दोहोरो टिप्पणी गर्ने अवस्था बनेको छ । ओली र प्रचण्डबीच दुरी बढ्नुको मध्येको एक कारण हो, बहुचर्चित ‘झम्सिखेल गोप्य बैठक’ ।

Prachand madhav jhalnath bamdev and narayankaji

जतिबेला प्रधानमन्त्री ओली देश बाहिर स्विट्जरल्याण्डको डाबोसमा थिए । झम्सिखेल गोप्य बैठक’ अर्थात् १० माघ २०७५ ललितपुरको झम्सिखेल स्थित अपार्टमेन्टमा नेकपाको शक्तिशाली सचिवालयका ५ नेताहरु बिहानै भेला भए । बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थीत थिए ।

९ सचिवालय मध्ये प्रधानमन्त्री ओली, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बैठकमा थिएनन् । यही बैठकको भोलीपल्ट ११ माघ ०७५ मा भेनेजुएलाको राजनीतिक संकटबारे प्रचण्डले विज्ञप्ती जारी गरे ।

खास के भएको थियो बैठकमा ?
बैठकमा सरकारको कार्यशैली र संगठन एकताको बिषयमा करिब ८ बजेदेखि एक घण्टा ५५ मीनेट नेताहरुले कुराकानी गरेका थिए । स्रोतका अनुसार बैठकमा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको कार्यशैलीको आलोचना गरेका थिए भने सांगठानिक एकता ढिलो भएकोमा चिन्ता व्यक्त गरेका थिए ।

बैठक भनेर बोलाउने, बालुवाटारमा घण्टौँ कुराउने, समयमा बैठक नबोलाउने लगायत उल्लेख गर्दै यसलाई सुधार गर्नुपर्ने बताएका थिए । नेता नेपालले संगठन एक नहुँदा समस्या भएको भन्दै संगठन एकतामा जोड दिएका थिए । यही हिसाबले सरकार र पार्टी अघि बढे नेकपा संकटमा पर्ने भन्दै त्यसलाई जोगाउन केन्द्रीत हुनुपर्ने भन्दै उनले चिन्ता व्यक्त गरेका थिए ।

बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका खनालले पनि प्रधानमन्त्री ओली र नेतृत्वको चर्को आलोचना गरेका थिए । संसदीय दल, पार्टी अध्यक्ष र प्रधानमन्त्रीसहित सबै पद लिएको कारण केपी ओलीमा उन्माद बढेको भन्दै आलोचना गरेका थिए ।

बैठकमा गौतम र श्रेष्ठले पनि सरकार र नेतृत्वको आलोचना गरेका थिए । बैठकमा अध्यक्ष प्रचण्ड भने खासै बोलेनन् ।

कसरी थाहा पाए प्रधानमन्त्रीले ?
प्रधानमन्त्री ओली डाबोस् बैठकबाट माघ १२ गते स्वदेश फर्किए । तर, ‘झम्सिखेल गोप्य बैठक’ बारेमा भने उनले ११ गते नै थाहा पाएका थिए । ‘झम्सिखेल बैठक’ नेताहरुले गोप्य रुपमा गर्न खोजेका थिए । नेताहरु आफ्ना सहयोगी र सुरक्षाकर्मी समेत नलिई बैठकमा पुगेका थिए । तर, सुरक्षा संयन्त्रबाट उपप्रधामन्त्री तथा रक्षमन्त्री पोखरेल र गहृमन्त्री थापाले सुचना पाइहाले ।

सुचना पाउन साथ पोखरेलले प्रधानमन्त्रीलाई रिपोर्टिङ्ग गरेका थिए । डाबोस्बाट फर्किएर प्रधानमन्त्री ओलीले समेत आफू निकटहरुलाई बोलाएर बैठक राखेका थिए । बैठकमा आफूभित्र मोर्चाबन्दी सुरु भएको भन्दै ओलीले ‘कसरी अघि बढ्ने ?’ भन्ने बिषयमा छलफल चलाएका थिए ।

के प्रधानमन्त्री हटाउने कुरा भएको हो ?

PM KP Sharma Oli


प्रधानमन्त्री ओलीले यो बैठकलाई आफू बिरुद्धको मोर्चाबन्दीको रुपमा लिएका छन् । डावोसबाट फर्किनासाथ ओलीले प्रचण्डलाई ‘मलाई हटाउन चाहेको हो’ भनेर सोधेका थिए । प्रतिउत्तरमा प्रचण्डले त्यस बिषयमा कुरै नभएको भन्दै ढुक्क हुन भनेका थिए ।

तर, प्रधानमन्त्री ओलीले भने संशकित बनेका छन् । रक्षामन्त्री पोखरेलले पनि वरिष्ठ नेता नेपालसँग प्रधानमन्त्रीलाई हटाउने सल्लाह भएको होला, हैन ?’ सोधेका थिए । तर, नेपालले ‘हैन, त्यस्तो भएकै हैन । बरु,तपाईंले पनि प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सुधार्न भन्नुस् । पार्टी सबैको हो भन्ने व्यवहार गर्नुस् ।’ भनेका थिए ।

यो बैठकलाई प्रधानमन्त्री ओलीले आफूलाई हटाउन मोर्चाबन्दीको रुपमा लिए पनि बैठकमा प्रधानमन्त्री हटाउने बारे कुनै नभएको एक नेताको दाबी छ । ती नेताका अनुसार पार्टी एकता र सरकार सञ्चालनलाई प्रभावकारी बनाउन के गर्न सकिन्छ ? भन्ने बिषयमा छलफल भएको हो । यसरी नै गए पार्टी र सरकार संकटमा फस्नेमा उनीहरु एकमत भएको ती नेताको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७