बिराटनगरमा टाटा मोटर्सको नयाँ शोरुम


१ फाल्गुन २०७५, बुधबार
Tata in Birtnagar

विराटनगर, १ फागुन : भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादन बिक्रीवितरणका लागि बिराटनगरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंगको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटो प्रा. लि. ले बुधबार देखि शोरुम संचालनमा ल्याएको हो ।

Tata in Birtnagar


३००० वर्ग्फिट क्षेत्रफलमा फैलिएको, विराटनगरको पिपलबोटमा अवस्थित यो शोरुम यस शहरकै ठूला शोरुमहरु मध्ये एक हो, जहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछ ।

शोरुमको उद्घाटनमा बोल्दै, टाटा मोटर्स अन्तराष्ट्रिय व्यापारका प्रमुख, सुजन रोयले टाटा मोटर्सका लागि महत्वपूर्ण मानिएको नेपाली बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम संचालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने प्रयत्नलाई सबल बनाएको बताए ।

ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिंग र गोयल अटोको नेतृत्वमा यस शोरुमको संचालनले यस क्षेत्रमा विक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने बताए ।

सिप्रदी ट्रेडिंगका अध्यक्ष सौर्य एस. जे. बी. राणाले गोयल अटोसंगको यो साझेदारीले ग्राहकहरुमाझ टाटा मोटर्सको पहुच सहज बनाएकोमा र सेवा र सुविधा अझै सुदृढ हुदै जाने भएकोमा आफू हर्षित भएको बताए ।

आधुनिक शोरुम संगै टाटाका विभिन्न आकर्षक मोडेलका कारहरु ( नेक्सन, एनआरजी, जेस्ट, बोल्ट, स्ट्रम, हेग्जा, टियागो र टिगोर) यसरी बिक्रिवितरण गर्न पाउदा ग्राहकहरु अझै लाभान्वित हुनेकुरामा आफू विश्वस्त उनको भनाई छ ।

Sujan roya


शोरुमको उदघाटन गर्दै, गोयल अटोका व्यवस्थापकीय प्रमुख, स्नेह गोयलले टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थनीय स्तरमै दिन पाउदा आफू खुशी भएको बताए । त्यसैगरी गोयल अटोका प्रोपराइटर हनुमान अग्रवालले कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै शोरुमले आफ्ना ग्राहकवर्गलाई उत्कृस्ट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

टाटा शोरुम हप्ताको सातै दिन विहान ९: ३० बजे देखि बेलुकी ७ बजे सम्म खुल्ने छ । यस शोरुमसंगै देशभर टाटा मोटर्सका २२ वटा अन्य बिक्रि केन्द्र र २५ वटा सर्विस सेन्टर रहेका छन् ।

के हाे टाटा मोटर्स ?

टाटा मोटर्स (वार्षिक) ४५ अर्व डलरको कारोबार गर्ने अन्तराष्ट्रिय कम्पनी हो जसले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामा प्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो र १०० अर्व डलरको कारोवार रहेको टाटा गु्रपको एउटा हाँगा हो ।

१०९ सहायक कम्पनीहरु मार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । वेलायतको स्थापित ज्यागुअर ल्याण्ड रोभर पनि टाटा मोटर्स अन्तरगत उत्पादन हुन्छ । अनि यसले दक्षिण कोरियामा टाटा डेउ नामक कार उत्पादन गर्छ । कम्पनीको भारतमा फियाटसँग संयुक्त औद्योगिक भेन्चर– लगानी पनि रहेको छ । टाटा मोटर्स (वस ट्रक जस्ता) कमर्शियल गाडीमा भारतीय वजारमा नेतृत्वदायी भूमिकामा छ ।

यसका ९० लाख गाडीहरु भारतीय सडकमा गुडिरहेका छन् । कम्पनीले दिगो र उपयुक्त खालको अटोमोवाइल प्रविधिको आविष्कारमा ध्यान दिदै आएको छ । यसको अनुसन्धान र विकास केन्द्रहरु भारत, वेलायत, इटाली र दक्षिण कोरियामा रहेका छन् ।

अर्को जमानाका ग्राहकलाई ध्यानमा राखेर टाटा मोटर्स नयाँ खालका उत्पादन ल्याउन कटिवद्ध भएर लागको छ । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्य एसिया, दक्षिण एसिया, दक्षिण पूर्वि एसिया, दक्षिण अमेरिका, अष्ट्रेलिया, रुस र पूर्वी यूरोपका देशहरुमा विक्री वितरण हुन्छ ।

सिप्रदी

सिप्रदी अटोमोटिभ र सम्वन्धित व्यवसायमा काम गर्ने नेपालको सवैभन्दा ठूला र सम्मानित व्राण्डहरु मध्ये एक हो । ३४ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोवार ३५ करोड अमेरिकी डलर भन्दा वढी छ र यसको कारोवार तिव्रगतिमा वढ्दै गएको छ ।

सिप्रदी अटोमोवाइल, उर्जा, लुव्रिकेन्ट, वित्तीय सेवा र उपकरणको व्यवसायमा आवद्ध रहेको छ । यसका ७५० जना कर्मचारी छन् अनि ६५० जना सहयोगी कर्मचारी छन् । सिप्रदी टेडिङ प्रा.लि सन् १९८२ देखि नेपालमा टाटा मोटर्सका आधिकारिक विक्रेता रहँदै आएको छ । यो आइएसओ ९००१–२००८ प्राप्त कम्पनी हो ।

यसको नेपालमा सवैभन्दा धेरै विक्री तथा सेवा केन्द्रहरु रहेका छन् । देशभरि टाटा मोटर्सका कमर्शियल गाडीमा समर्पित २४ विक्री कार्यालय, २५ सेवा केन्द्रहरु रहेका छन् भने प्यासेन्जर गाडीमा समर्पित २३ वटा बिक्री केन्द्र, २५ वटा सर्विस सेन्टर र ३०० स्पियर पार्टस आउटलेट रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७