न्यायाधीशकै अगाडि विष पिएर आत्महत्या


१५ मंसिर २०७४, शुक्रबार
download

एजेन्सी: हेगस्थित युद्धअपराध सम्बन्धी राष्ट्रसंघीय अदालतमा न्यायाधीशकै अगाडि एकजना युद्धअपराधका अभियुक्तले विष पिएर आत्महत्या गरेका छन् ।download

युद्धअपराधको आरोपमा हेगस्थित अदालतमा उपस्थित गराइएका बोस्नियाली क्रोएसियन सेनाका तत्कालीन कमान्डर स्लोबोडन प्रालजकले आफूविरुद्धको मुद्दामा न्यायाधीशले फैसला सुनाइरहँदा न्यायाधीशकै अगाडि विष पिएका हुन् ।

जब न्यायाधीशले फैसला सुनाइरहेका थिए, तब प्रालजकले घटघटी विष पिए ।बोस्नियाली मुस्लिममाथि अत्याचारको मामिलामा उनीमाथि २० वर्षको जेल सजाय भएको थियो र त्यसविरुद्ध उनले राष्ट्रसंघमा अपिल गरेका थिए ।

सन् १९९० मा युगोस्लाभिया टुक्रिने समयको अपराधसँग जोडिएको यस मामिलामा न्यायाधीशले उनको अपिल समेतमा सुनुवाई गरी अन्तिम फैसला सुनाउँदै २० वर्षको जेल सजायलाई सदर गरेका थिए ।

न्यायाधीशले फैसला सुनाउँदै गर्दा उनले चिच्याउँदै भने– प्रालजक अपराधी होइन । म तिम्रो सजाय अस्वीकार गर्दछु ।

त्यसपछि उनले एउटा सिसी गोजीबाट निकालेर त्यसलाई खोलेर सबैका अगाडि त्यसमा रहेको चिज पिए ।त्यसपछि प्रालजकको वकिल चिच्याएर प्रालजकले विष पिएको बताए । प्रालजकलाई तत्कालै अस्पताल लगियो । तर अस्पतालमा उनको ज्यान गयो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७