भारतको कश्मीरमा ठूलो आतंकवादी हमला, कम्तिमा ४० सुरक्षाकर्मी मारिए


२ फाल्गुन २०७५, बिहीबार
kasmir attrack

नयाँदिल्ली, २ फागुन : भारतको उत्तरी राज्य काश्मिरमा आतंकवादी हमला भएको छ । एक गाडीको लस्करमा भएको लडाकु हमलामा कम्तिमा ४० जना सुरक्षाकर्मीहरु मारिएका छन् । यो सन् २०१६ पछिकै सबैभन्दा ठुलो आतंकवादी हमाला हो ।

Kashmir attack Bomb kills 40 soldiers in military convoy
तस्बिर : EPA


बिहीबार दिउँसो भएको हमलामा कम्तिमा पनि ४० जना सुरक्षाकर्मी मारिएका छन् । जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४० जना सुरक्षाकर्मी मारिएका हुन् । हमला, श्रीनगर शहरभन्दा २० किलोमिटरको दूरीमा बाक्लो सैन्य उपस्थिति हुने श्रीनगर–जम्मु राजमार्गमा भएको हो

PM Modi

टाईम्स अफ इन्डियाका अनुसार ४० सुरक्षाकर्मी मारिएका हुन् । विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवानहरू बोकेको बससँग ठोक्काइएको थियो । करिब ७० वटा गाडीमा गइरहेका सुरक्षाकर्मी पुलवाला भन्ने स्थानमा हमला भएको हो । यी गाडीमा २५४७ जना सीआरएफका जवान सवार थिए ।

पाकिस्तानस्थित इस्लामिक समूह जैश–ए–मोहम्मदले उक्त हमलाको जिम्मेवारी लिएको छ । सन् २०१६ मा भारतीय सैन्य क्याम्प उरीमा भएको हमलापछि सुरक्षा फौजमाथि भएको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण हमला हो ।

kasmir attrack

सन् २०१६ को सेप्टेम्बर महिनामा भारतको उरीमा भएको एक लडाकु हमलामा कम्तिमा १७ जना भारतिय सेनाहरूको मृत्यु भएको थियो । जसलाई पछिल्ला दुई दशकमा भएको सबैभन्दा भयानक हमला मानिएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटक पदार्थले भरिएको गाडीमार्फत काश्मिरमा अहिलेसम्मकै ठुलो हमला भएको हो । यसभन्दा पहिले सन् २०११ अक्टोबरमा काश्मिर विधान सभा र जनवरी २००४ मा सुरक्षा बलको गाडीमाथि यस्तै हमला भएको थियो । त्यो बेला विधानसभाको हमलामा मात्रै ३८ जना मारिएका थिए ।

समाचार अनुसार जैस ए मोहम्मदका आदिल अहमद उर्फ वकास कमाण्डोले दिउँसो ३ बजेर १५ मिनेटमा यो हमला गरेका थिए । सीआरपीएफको गाडीको लस्कर लेथपोराबाट अगाडि बढेपछि पृथकतावादीहरूले विस्फोटकले भरिएको आफ्नो गाडी जवाले भरिएको बसमा ठोक्काएका थिए ।

Kasmir attack

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार अनुसार करिब ३५० किलो भन्दा धेरै विस्फोटक पदार्थले भरिएको स्कोर्पियो सुरक्षाकर्मीको गाडीमा ठोक्काइएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार पुलवामाको काकापोराका बासिन्दा आदिल २०१८ मा जैसमा सामेल भएका थिए ।

Kasmir

एक भारतीय अधिकारीका अनुसार आतंकवादी हमलामा परेका सीआरएफका टोली जम्मुबाट बिहान ३ बजेर ३० मिनेटमा बाटो लागेका थिए । उनीहरू साँझ श्रीनगर पुग्ने योजना थियो । एकसाथ २५४७ जवान लिएर हिँडेका गाडीसँगै सडक खुलाउने टोली र बख्तरबन्द आतंकरोधी गाडी पनि थिए ।

जुन बसमा आक्रमण भयो त्यसमा ७६औँ बटालियनका ३९ जना सवार थिए । मारिएका थप सुरक्षाकर्मीमा अर्को साधनका पनि थिए । घटनापछि डाक्टर र बम विशेषज्ञको टोली घटनास्थलमा पुगिसकेको छ ।

भारत र पाकिस्तान दुवैले मुस्लिम बाहुल्यता रहेको कश्मिरलाई आफ्नो दावी गर्छन् तर केही क्षेत्रमा मात्र आफ्नो नियन्त्रण राख्छन्। दुवै देशहरू अहिलेसम्म तीनवटा युद्ध र थुप्रै द्वन्दमा भिडेका छन् र एउटा बाहेक ती सबै कस्मिरमाथि छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७