अदृश्य राईको पहिलो गीत सार्वजनिक (भिडियोसहित)


१५ मंसिर २०७४, शुक्रबार
adrisaya kulung rai 2

काठमाडौँ : प्रवासमा रहेकी अदृश्य राईको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सानैदेखि गीत सङ्गीतमा रुचि राख्ने राई ‘किन दुख्छ मुटु’ बोलको गीतको शुक्रवार सार्वजनिक भएको हो । इटालीमा रहेकी राईले लेखेकी गीतको भिडियो उनैले निर्माण गरेकी हुन् । adrisaya kulung rai 2
बहुप्रतिभाशाली युवा, बहुचर्चित नेपालका डान्स आफू किङ्गको नामबाट परि मनिष श्रेष्ठले गीतमा स्वर दिएका छन् । भने संगीत पनि उनैले गरेका हुन ।
उनी पाँच फिट अग्लो मेच माथि एक खुट्टाले टेकेर अर्को खुट्टा काँधमा राखेर चर्चा बटुलिसकेका छन् भने काँधमा खुट्टा राखेर पाँच सय मिटर दुरी मोटर साइकल कुदाएर आफ्नो विश्व रेकर्ड राख्ने तयारीमा छन् ।
बच्चा देखिको दुई केटा र केटीको त्रिकोणत्मक प्रेमलाई उतारियो भिडियोको निर्देशन श्रेष्ठले नै गरेका हुन् । उनले अहिलेसम्म चार सय बढी म्युजिक भिडियो काम गरिसकेका छन् ।
यस्तै भिडियोमा मिस राजधानी समेत रही सकेका मोडल छिरिङ डोल्पा शेर्पा, रोहन तामाङ, उनिषा तामाङ, किशोर निरौलाको फिचरिङ रहेको छ भने विक्रम कार्कीले छायाङ्कन तथा मिलन विकले सम्पादन गरेका छन् ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७