२०७५ फागुन ३ गते शुक्रबारको तपाईको राशिफल


३ फाल्गुन २०७५, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभकार्यको चर्चा चल्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । व्यापार व्यवसायमा पनि फाइदा होला ।

rasifal

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । सौन्दर्यतामा पनि खर्च बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक उल्झनमा परि आँटेको काम विग्रने छ । स्वास्थ्यमा समस्या आउँला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बित्तीय संस्थाबाट सहयोग पाइने छ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । मान प्रतिष्ठामा बृद्धि होला । सामाजिक कार्यमा मन जाला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बन्न लागेको काम विग्रिने छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सरकारी निकाएको पनि भय रहने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनुहारमा कान्ति र मनमा शान्ति छाउँला । व्यापार व्यवसायबाट लाभ हुनेछ । आफन्तको प्रगतिमा मन रमाउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक कार्य अघि बढ्ने छ । धार्मिक यात्राको योग छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउँला । सामाजिक कार्यमा मन जानेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
वाक्चतुर्याईले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाइने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको सहयोग पनि पाइन्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धन हात पर्ला । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा पनि प्रगती हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भाग्यले विभिन्न अवसर जुराउने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७