वीर अस्पतालमा तत्काल पदाधिकारी नियुक्तिको माग


३ फाल्गुन २०७५, शुक्रबार
deepak mudvari

काठमाडौं, ३ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(वीर अस्पताल)को आधिकारिक कर्मचारी युनियनले तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेको छ । युनियनले २०७५ माघ २९ गते प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा सहकुलपति एवं उपप्रधानमंत्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई प्रतिष्ठान मा १ सय ९० दिनदेखि पदाधिकारीबिहीन भएकाले दैनिक कार्यसंचालनमा समेत असहजता पैदा भएकोबारेमा ध्यानाकर्षण गराएको हो ।

deepak mudvari

कुलपति र सहकुलपतिलाई बुझाइएको ज्ञापनपत्रमा युनियनले तत्काल पदाधिकारी नियुक्ति गर्ने माग गरेको छ ।
युनियनले प्रतिष्ठान सेवातर्फबाट कम्तीमा ५० प्रतिशत पदाधिकारी नियुक्ति हुनुपर्ने माग पनि गरेको छ । युनियनले २०७५ फागुन १ गतेदेखि अस्पताल प्रागंणमा आफ्ना मागहरू राखी दिनको १–२ बजेसम्म धर्ना गर्ने पनि सुरु गरेको छ ।

bir 1

दिउँसो १ देखि २ बजे खाजा खाने समय हो । सो समयमा धर्ना गर्दा बिरामीलाई कुनै असुविधा नहुने युनियनका सचिव दीपक मुडभरीले बताए । धर्ना कार्यक्रम दैनिक हुने र पदाधिकारी नियुक्ति लगायतका माग पूरा नहुन्जेल चल्ने छ ।

bir 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७