एक वर्षमा शेयर लगानीकर्ताको २ खर्ब ३५ अर्ब रुपैयाँ डुब्यो


३ फाल्गुन २०७५, शुक्रबार
share market

काठमाडौं, ३ फागुन । एक वर्षको अवधिमा शेयर लगानीकर्ताहरुले एक वर्षमा २ खर्ब ३५ अर्ब रुपैयाँ गुमाएका छन् । शेयर बजार निरन्तर ओरालो लाग्दा एक वर्षमा लगानीकर्ताहरुले २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ गुमाएका हुन् ।

share market 1024x682

र्थिक वर्ष २०७४–७५ को पहिलो ६ महिनामा शेयर बजारको पुँजीकरण १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको पुसमसान्तसम्म १६ खर्ब ७१ अर्ब ६१ करोड रुपैयाँ रहेको शेयर बजारको पुँजीकरण चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा भने १४.१ प्रतिशतले गिरावट आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार शेयर बजारको पुँजीकरण घटेर चालु आर्थिक वर्षको ६ महिना अर्थात पुसमसान्तसम्म १४ खर्ब ३६ अर्ब ६७ करोड रुपैयाँमा आइपुगेको छ ।

पुँजीकरण मात्रै होइन नेप्से परिसूचक समेतमा ठूलो गिरावट देखिएको छ । २०७४ पुस मसान्तमा १४३१.१ विन्दुरहेको नेप्से सूचकांकमा १७.७ प्रतिशतले ह्रास आई २०७५ पुस मसान्तमा १ हजार १ सय ७८.० विन्दु कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

अझ फागुनको २ गते अर्थात हिजो बिहीबारसम्म नेप्से परिसूचक झन तल झरेको छ । बिहीबार परिसूचक १ हजार १ सय १२ दशमलव ८७ अंकमा आइपुगेको छ । २०७५ असार मसान्तमा भने उक्त परिसूचक १ हजार २ सय १२ दशमलव ४ विन्दु रहेको थियो ।

शेयर बजार पूँजीकरण अघिल्लो वर्ष २०७४ पुस मसान्तमा ०.७ प्रतिशतले वृद्धि भएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकलाई हेर्दा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा शेयर बजारको ४७.८ प्रतिशत हिस्सा देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७