कस्तुरी र सजना बनिन् फेवा आइडल


१६ मंसिर २०७४, शनिबार
belbari 2

केराबारी : शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको फेवा सेकेण्डरी बोर्डिङ स्कुलले विद्यालयको २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहीबार भव्यताका साथ सम्पन्न गरेको छ ।belbari 2
विद्यालयको प्राङ्गणमा भएको सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल जेपी मल्लले प्रतिवेदन प्रस्तुत गर्नुहुँदै विद्यालयको शैक्षिक, भौतिक, सांस्कृतिक, पक्षमा अनवरत रूपमा सहयोग गर्न शेयर सदस्य,शिक्षक बुद्धिजीवी अभिभावकहरुलाई धन्यवाद व्यतm गरे । गुणस्तरीय शिक्षा फेवाको प्रतिबद्धता भन्ने नाराका साथ २२ वर्षअघि सानो कटेरोमा ६० जना विद्यार्थीहरुवाट सुरु विद्यालय हाल १८ कोठे दुई तले १२ कोठे ३ तले पक्कि भवन सहित आधुनिक शिक्षा प्रणालीमा पूर्वाधार युतm प्राजेक्टर इमले इन्टरनेट तथा सिसी टिभीको निगरानीमा शैक्षिक वावतरणमा कक्षा शिक्षणको व्यवस्था गर्न पाउनु आफैमा गौरवको विषय बनेको कुरा स्मरण गर्दै यसको श्रेय विद्यालयका सचेत अभिभावक र शेयर सदस्य भएको बताए । मल्लले विद्यालयले समय सापेक्ष शिक्षा प्रणाली लागु गर्दै जाने र आगमी वर्षदेखि ११ र १२ कक्षा संञ्चालन गर्ने योजना रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद तथा शैक्षिक अभियन्ता खदम क्याम्पसका प्रमुख टेकवहादुर थपलियाले फेवाको शैक्षिक नतिजा हरेक वर्ष अव्वल रहेका ठहर गर्दै यस क्षेत्रमा संञ्चालनमा रहेका विद्यालयहरुको हकमा फेवाले हरेक वर्ष शैक्षिक, सांस्कृतिक क्षेत्रमा जिल्लामा छुटै स्थान बनाउँन सफल भएको बताए । शैक्षिक लगानीको अनुपातमा शेयर धनीलाई प्रतिफल मुनाफा नदेखिएपनि विद्यालयले पैसालाई भन्दा बढी आफ्नो संस्थाको सामाजिक साखलाई उँचो बनाउन प्रयासरत लगानीकर्ताहरुको प्रशंसा गर्नुभयो । केराबारी गाउँपालिका भित्र ३८ सामुदायिक १० निजी विद्यालय र ८ वालविकास केन्द्र रहेको छ । सबै वडामा सामुदायिक विद्यालय छ तर केराबारीको मुटुमा रहेको १० नम्बर वडामा एउटा पनि सामुदायिक विद्यालय नहुनु विडम्बना भएको औल्याउँदै त्यसको परिपूर्तिका निम्ति यस विद्यालयलाई समाजिक प्रतिष्ठाको रूपमा लिएको उनले बताए ।
संस्थापक अध्यक्ष स्वः नारायण कुमार मगर, शेयर सदस्य तथा पुर्वा विद्यालय व्यवस्थापन समितिका सदस्य स्वः गणेश दर्लामी मगरलाई मरणोप्रान्त कदर पत्र र विद्यालयको भौतिक पूर्वाधारमा सहयोग गर्ने एकता सामुदायिक वनलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा अध्ययनरत विभिन्न उत्कृष्ठ विद्यार्थीहरूलाई प्रमाण पत्र ट्रफि सहित पुरस्कार वितरण गरिएको थियो । अनुशासित विद्यार्थी तर्फ सुगम रसाइली र सज्जा थापा मगर,सफासुघरमा सुश्मा दाहाल,अंश प्रधान , सुश्मा मगरलाई सर्वोत्कृष्ट हाजिरी सहित कक्षागत उतिर्ण तथा सर्वोत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय सामाजिक संघसंस्था विद्यालय तथा बुद्धिजीवी समाजसेवी सहित दर्जनौंको आतिथ्यता रहेको थियो ।
विद्यार्थीहरूले विभिन्न विद्यामा आफ्नो कला तथा प्रतिभा प्रस्तुत गरी कार्यक्रममा उपस्थित सयौँ अभिभावकहरुलाई गायन नृत्य सहित तथा विज्ञान सामग्री प्रर्दशन गर्दै लघु नाटक मंञ्चन कार्यक्रममा आर्कषण थपेका थिए । कार्यक्रम विद्यालयका अध्यक्ष रमेश कुमार चेम्जोङको सभापतित्वमा सम्पन्न भएको थियो ।
यसैबिच विद्यालयले हरेक वर्ष छुटा छुटै विद्यामा आइडल छनौट गर्ने उदेश्यका साथ १० महिना अघि सुरु गरेको फेवा डान्सिङ आइडल पनि छनौट गरेको छ ।
विद्यालयमा अध्ययनरत जुनियर तथा सिनियर उमेर समूहबाट उत्कृष्ट तीन तीन जनालाई सर्वोत्कृष्ट नृत्यकारको रूपमा आइडल छनौट गरिएको हो । वार्षिकोत्सको अवसरमा सम्पन्न भएको सो प्रतियोगिताको फाइनल राउण्डबाट १०० जना प्रतिस्पर्धालाई उछिन्दै जुनियर तर्फ कक्षा युकेजीकि छात्रा सजना लिम्बू र सिनियर तर्फ कक्षा १० कि छात्रा कस्तुरी भण्डारी फेवा पहिलो आइडल घोषित भएकी हुन् । दर्शकको ३० प्रतिशत र निर्णायकको ७० प्रतिशत मतको आधारमा कस्तुरी र सजनाले आइडलकी उपाधि चुमेका छन् ।

belbari 1

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७