यी २१ कम्पनीमध्ये छानेर हाल्नुस् शेयर, कुन कम्पनीले कति शेयर खुलाउँदै (सूचीसहित)


४ फाल्गुन २०७५, शनिबार
IPO

काठमाडौं, ४ फागुन । के तपाईले शेयर लगानी गर्न छनौटको अवसर पाउनु भएको छैन ? यदि त्यसो हो भने अब तपाईले आँखा चिम्लेर शेयर लगानी गर्नु नपर्ने भएको छ । अब तपाईले २१ कम्पनीमध्ये आफूले चाहेको कम्पनी छानेर लगानी गर्ने अवसर पाउनु हुने भएको छ ।

IPO 768x366

अब बजारमा प्रतिकित्ता सय रुपैयाँ अंकित दरले ३ अर्ब १२ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन हुने तयारीमा छ । नेपाल धितोपत्र बोर्डमा २१ वटा विभिन्न कम्पनीले शेयर निष्काशको अनुमति माग्दै आवेदन दिएका छन् । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । १५ वटा जलविद्युत कम्पनी, ४ वटा माइक्रो फाइनान्स, एउटा मर्चेन्ट बैंकिङ र एउटा इनभेष्टमेन्ट फण्ड रहेको छ ।

निष्काशनको पर्खाइमा रहेकामध्ये सबैभन्दा बढी युनिभर्सल पावर कम्पनीको शेयर रहेको छ । कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको ९६ लाख ६१ हजार ६ सय १० कित्ता आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस्तै घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशनको माग गर्दै आवेदन दिएको छ ।

२१ वटा कम्पनीको आवेदनमा आवश्यक कागजात पुगेको अवस्थामा बोर्डले स्वीकृति दिनेछ र स्वीकृति लगतै आइपीओ सर्वसाधारणका लागि बिक्री खुला हुने जनाइएको छ । बोर्डमा आइपीओ निष्कासनको

२१ कम्पनी कसले कति शेयर जारी गर्दैछन् ?
सरकारले जनताको लगानीमा जलविद्युत निर्माणको नीति लिएको छ । यसले सरकारले हरेक नेपालीको सेयर लगानी हुजना गर्नेछ । फागुन २ गते जनताको जलविद्युत आयोजना कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गरेका थिए ।

देशको आर्थिक समृद्धिको लागि भन्दै जनतालाई लगानीको अवसर प्रदान गर्ने सरकारको उदेश्य हो । सरकारी पहलमै १९ आयोजना निर्माणको प्रस्ताव गरिएको छ । जसमा सर्वसाधारणको लगानी हुनेछ ।

share fSAv9d4WnA

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७