‘अनुगमनमाथि पनि अनुगमन भइराखेको छ’


४ फाल्गुन २०७५, शनिबार
PM KP Sharma Oli

अन्तर्वार्ता

नेपाल कम्युनिष्ट पार्टीको झण्डै दुईतिहाई प्राप्त सरकार बनेको एक वर्ष पुरा भएको छ र यो एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा चित्रण गरेको छ । एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले यसका बारेमा धेरै लामो सम्बोधन गरेका छन् । यो सरकारको एक वर्षे काम र प्रधानमन्त्रीको सम्बोधन बिषयमा बहस जारी नै छ । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले एबिसि टेलिजिभनका लागि शुभशंकर कंडेललाई दिएको अन्तर्वार्ताको सम्पादित अंश :-

PM KP Sharma Oli

यो एक वर्षलाई वर्तमान सरकारको एक वर्ष सङ्घीयता, सुशासनर र समृद्धिको आधार वर्ष भन्नु भयो । के कारणले तपाईंले समृद्धिको आधार वर्ष भनेर पोइन्ट गर्नु भयो ?
यो आधार वर्ष भनिएको–सरकारको, संसदको यस कार्यकालको लागि मात्रै होइन । संविधान बन्यो । संविधान कार्यान्वयनका लागि कानुन थिएन । संविधानले संरचनाको कल्पना गर्र्यो । संरचना थिएनन । निर्वाचन भयो । निर्वाचन भएपनि प्रतिनिधि सभा कता बस्ने, राष्ट्रिय सभा कता बस्नेदेखि लिएर….

प्रदेशसभा कहाँ बस्ने, प्रदेश सरकार कहाँ बस्ने..

केही पनि थिएन । २० वर्षदेखि स्थानीय निकायहरु रिक्त थिए । त्यस अवस्थामा संरचनागत पक्षको तयारी गर्नु आवश्यक थियो । कर्मचारीहरुको संमायोजन गर्नु जरुरी थियो । यो अभ्यास, विल्कुलै नयाँ अभ्यास । यो सङ्घीय शासन प्रणाली नेपालको इतिहासमा पहिलो, पृथक । यो असजिलो प्रणाली हो ।

अर्कोतिर कुनै अभ्यास नभएको । कुनै दृष्टान्त नभएको । कुनै उदाहरण नभएको । कुनै नजिर नभएको । त्यस्तो व्यवस्था हो । जो आफैले नयाँ अभ्यासद्धारा नजिरहरु अनुभवका आधारमा स्थापित गर्दै जानुपर्छ । अर्कोतिर लोकतन्त्र, मैले भन्ने गर्छु यो वेस्टमिस्टरीयल (पश्चिमा) प्रणाली हो । तर यो संसदीय व्यवस्था ठ्याक्कै त्यस्तो होइन । किन यसमा यो जे कम्पोनेन्ट छ, त्यो पृथक छ ।

समानुपातिक प्रतिनिधित्वको प्रणाली, समावेशीताको प्रणाली । यस्ता कुराहरु यसभित्र छन् । जसले गर्दा यसलाई साधारण संसदीय प्रणाली भन्दा पृथक बनाएको छ । यो आफैमा अभ्यास गर्न सजिलो कुरा होइन् । अर्को हाम्रो जस्तो गरिब र पछौंटे जस्तो देशमा यो अभ्यास अझ जटिल कुरा हो । हामीले गणतन्त्र ल्याएका छौं, जो नेपालको इतिहासमा राज्यहरुको निर्माणपछि गणतन्त्रात्मक राज्य सुरुका कविलातन्त्र राज्यबाट जब रजौटातन्त्रमा गयो–त्यो हजारौं वर्षको इतिहास भयो । हामी किराँत वंशी, लिच्छवी वंशी हुँदैहुँदै र २४० वर्ष राजतन्त्रले शासन गर्र्यो । यत्रो लामो हजारौं वर्षको लामो राजतन्त्रात्मक पृष्ठभूमि, यसलाई हामीले गणतन्त्रमा लग्यौं ।

यस्तो स्थितिमा यो नयाँ अभ्यासका लागि संविधान अनुरुपका कानुन निर्माण, नयाँ परिवेश, परिस्थिति अनुसारको कानुन निर्माण, संरचनाहरुको तयारी । यी सबै कुराहरु यतिबेला नै गर्नु पर्यो, यही वर्षमा नै गर्नु पर्र्यो । र, हामीले गरेका पनि छौं । के के गर्यौं भनेर फेहरिस्त गर्न पनि चाहन्न अहिले, त्यो जरुरी पनि छैन् । अब अर्कोतिर विकासका निम्ति कसरी हाम्रा विकासलाई अगाडि बढाउने ? अब राजनीतिक पक्षहरु एउटा असाधारण ढंगले समाधान गर्यौं । द्धन्द्ध समाधान गर्यौं र द्धन्द्ध समाधान भइसक्यो । व्यवस्थापन भइसक्यो । अब त्यसका केही घाउँखत, असरहरु तिनीहरु बाँकी छन् । तिनीहरुलाई हामीले समाधान गर्नुछ । तर द्धन्द्ध नै छैन अब । अर्कोतिर अब नयाँ ढंगले हामी अगाडि बढ्नु छ ।

हिजो त हामी आन्तरिक समस्यामा पिरोलिएका थियौं । अब आन्तरिक समस्या समाधान गरेर हामी सीमा भन्दा बाहिर पनि सहयोग, सम्बन्ध, सहकार्य, सद्भाव । यी सबैका लागि बाहिरसम्म निस्किएका छौं । र, अबका हाम्रा प्रस्तुतीहरु यदी म हिजो कुनै देशमा जान्थे भने जाँदा २०६५ भन्दा अगाडि म प्रधानमन्त्रीको हैसियतमा कुनै देश जान्थे भने एउटा राजाको रैती, प्रजा, जो कम्पाले प्रधानमन्त्री खाएको छ । त्यस्तो प्रधानमन्त्रीको हैसियतमा हिड्नु पर्ने थियो । त्यो कुनै मसंग स्वाभिमान र तागत छ भन्ने होइन । ईश्वरीय तागत लिएर बसेको छु भन्दा अर्को एउटा भ्रम दिएर बसेको छ । जनताको तागत पनि मसंगै राखेको छु भनेर उसले जनतालाई अरअर्याएर राखेको छ । न जनताबाट मलाई शक्ति चार्ज भएको छ, न कतैबाट । यस्तो अवस्थामा शक्तिहीन, चार्ज सकिएको ब्याट्री–जो पिलपिल गर्छ ।

त्यसप्रकारको स्थितिमा जानु पर्दथ्यो भने आज त जनताले बनाएको, सार्वभौमसत्ता सम्पन्न छन् जनता । तिनले बनाएको संविधान, संविधानले परिकल्पना गरेको प्रणाली र जनताबाट बहुमत प्राप्त सरकार । यो सहीत म जाँदा एउटा रैती होइन् । सार्वभौम जनताको प्रतिनिधि । सार्वभौम राष्ट्रको प्रतिनिधि । स्वाधीन राष्ट्रको, जो स्वाधीन हैसियतलाई सही ढंगले प्रयोग गर्न सक्छ । त्यो प्रधानमन्त्रीको रुपमा समस्याहरुको समाधान गर्न सकेको प्रणाली, व्यवस्था र दलको प्रतिनिधिको रुपमा र अनुभवका साथ, दृष्टिकोणका साथ आज बाहिर जान्छु भने बाहिर जाँदाको बेग्लै हुन्छ त्यो । जो दुनियाँले देखेको छ ।

KP Sharma Oli 2


देखियो एक वर्षमा पनि….

देखिएको छ एक वर्षमा । कि यसको प्रस्तुती नै फरक छ । हामी एउटा स्वाधीन राष्ट्रको हिसाबले । कहिले कहिले अभ्यासवस कुनै देशले नेपालले यसो गर्नु पर्र्यो भन्ने गर्र्यो भने म भन्ने गर्छु नेपाल एउटा स्वाधीन देश हो । सबैभन्दा ठुलो गर्व गर्ने कुरा यही छ कि हाम्रो उहीलेदेखि पुर्खाको पालादेखि दुनियाँ उपनिवेशको चक्रब्युँहमा चकड्दिा पनि यो स्वाधीन रहेको मुलुक र स्वाधीनताका साथ अगाडि बढेको देश । त्यस स्वाधीनताको सगौरव यसले उपयोग गर्दछ । कुनै दवाव पर्दैन र स्वाधीनताको सौदावाजी गर्दैन । कुनै यो लाभ, त्यो लाभसंग स्वाधीनतालाई साट्दैन । यो त्यस्तो देश हो । त्यस देशले आफ्ना आन्तरिक नीति वा बाह्य नीतिहरु स्वतन्त्र ढंगले निर्धारण गर्छ र अगाडि बढ्छ भन्छु ।

आज हामी त्यस विन्दुमा छौं र विकासको अब हामीले एउटा नयाँ संकल्प कृषिको सम्बन्धमा–कृषिको आधुनिकीकरण, उद्योगको–उद्योगको निम्ति आन्तरिक र बाह्य पुँजी परिचालन गर्न आकर्षक ऐन, कानुन बनाउनेदेखि लिएर वातावरण बनाउनेदेखि लिएर, एकद्धार बनाउनेदेखि लिएर, प्रशासनीक उल्झन्, झन्झटहरु समाप्त पार्नेदेखि लिएर यी सब कामहरु गरिएका छन् । र, नीतिहरु तय गरिएको छ अब । कृषि मात्र भनिएको छैन् । कृषिको आधुनिकीकरण कसरी गर्ने ? त्यस सम्बन्धमा हामीले, म जुन देशमा जान्छु त्यहाँ कृषिको, जुन देशमा जान्छु त्यहाँ आधुनिकीकरणको, जुन देशमा जान्छु, त्यहाँ प्रविधिको । ती चिजहरुलाई कसरी हाम्रो विकासमा जोड्न सकिन्छ वा ल्याउन सकिन्छ । ती कुराहरु म गरिराखेको छु ।

यसरी मेरो नेतृत्वको सरकारले, एउटा मान्छेहरुलाई के भ्रम हुनुहँदैन भने कतिपय साथीहरुमा अलिकति असन्तुष्टि पनि छ, स्वाभाविक पनि हो । त्यो असन्तुष्टि आफ्नो ठाउँमा होला । तर, हामी एउटा नयाँ ढंगले, नयाँ तरंग आएको त यसै बुझ्न सकिन्छ । बाहिर जानेको संख्या घटेको छ, कामदारहरुको । रेमिटयान्स बढेको छ । नियमित गरिएको छ । नियमन गरिएको छ । बाहिर जाने आवश्यकता घटेको छ । ठुलो संख्यामा ३९ प्रतिशत संख्या घट्नु भनेको सानो कुरा होइन् । ३१ प्रतिशत आम्दानी बढ्नु, त्यसबाट रेमिट्यान्स बढ्नु यो पनि …। ३९ प्रतिशत घटेपछि त ३९ प्रतिशत घट्नु पर्ने थियो । ३१ प्रतिशत बृद्धि भएको छ । अर्थार्त नियमन भएको छ र बाहिर जाने आवश्यकता न्यून भएको छ ।

भनेको यहाँले, यसलाई भन्न खोज्दै हुनुहुन्छ कि आर्थिक सुशासनको सबैभन्दा महत्वपूर्ण काम भएको छ ?

भएको छ र भ्रष्ट तत्वहरु कारवाहीको डरले राजनीनामा दिएर भाग्ने स्थितिमा छन । कतिपय । कतिपय राजनीनामा दिएर भाग्दैछन् । कतिपय अरु भाग्छन् । भाग्दैनन् भने कारवाहीमा पर्छन् । म के भन्छु भने सरकार चुप लागेर बसेको छैन् । अनुगमनमाथि अनुगमन भइराखेको छ । हरेक माथि लेन्स लगायर हेरेको छु मैले, अथवा मेरो संयन्त्रले । सरकार यत्त्तिकै चुप्प लागेर बसेको छैन । सरकारी तवरबाट भ्रष्टचार कहाँ हुन्छ भन्दा सरकारी संयन्त्रसंग मिलेर नै भ्रष्टाचार भएको होला । तर संगसंगै त्यहाँ भ्रष्टाचार नियन्त्रक निकायहरु पनि, त्यहाँ फेरि मसिनो गरी माइस्क्रोप्सले हेरिराखेका छन् । दुरबिन लगाएर हेरिराखेका छन् ।

यहाँले शास्त्रार्थको कुरा भन्ने, चाडक्य (कौटिल्य)को नीति भन्ने गरेको कारणले मैले यहाँलाई सम्झाउँ, कि एकठाउँमा कौटिल्य भन्छन्,सागर वा नदीमा मसली कित्ना पानी पिताहे, किसीको पतानाइ, प्रशासनमा कित्ने हदतक भ्रष्टाचार होता य उस्कोवी पता नई । लेकिन विद्यि हे । इसिलिए यैसा गर्न पड्ताए । भनेपछि यहाँले बुझिहाल्नु भयो । त्यो काम इमानका साथ गरेको छुँ भन्न सक्नु हुन्छ आज ?

गजवले ! मज्जाले ! अहिले म तपाईंतिर हेरिरहेको छु र यो टेलिभिनमा प्रसारण हुँदा तपाईंतिर हेरेको जस्तो देखिन्छ । म क्यामेरातिर हेरेर भन्न चाहन्छु, जुन दर्शकतिर हेरेको देखिन्छ–म भ्रष्टाचार गर्दिन, गर्न दिन्न । अरुलाई पनि गर्न दिन्न ।

अहिले भएको छ कि छैन् ?

मैले गरेको छैन । भ्रष्टहरुलाई कारवाही गर्छु ।

भ्रष्टहरुलाई चिन्नित गर्नुभएको छ ?

कारवाही भइराखेको छ त ।

एउटा त्यो भयो, अझ मैले अघि माछाको भने जस्तो गर्दा त्यसको विद्यि छ । त्यसको विद्यि भन्दा यहाँले सम्झिहाल्नु भयो..

मान्छे भागिरहेका छन् । तपाईंले यो अन्तवार्ता प्रशारण गर्दासम्म यसका भनकहरु पाउनु हुनेछ ।
ए !

मान्छेहरु भाग्दै छन् ।

जो करप्शनमा निर्लिप्त थिए,

हो, भाग्दै छन् । अझ भाग्छन् । तर भागेपनि छोडदिन ।

यसका लागि यहाँलाई धेरैधेरै धन्यवाद ! संयन्त्र छ ?

छ ।

kp oli

मैले चाडक्यको नीति, कौटिल्यको अर्थशास्त्र भित्रको कुरा यहाँलाई स्मरण गराएको त्यस कारणले पनि हो । आर्थिक वर्षमा योसंगसंगै यहाँले अघि भनेजस्तै ३३ ओटा मौलिक हक अधिकार मध्ये १७ ओटा भन्दा बढी कानुनहरु बने । संरचनाहरु निर्माणभए । अन्तर प्रदेश र सङ्घीय स्तरमा परिषद्को बैठक भयो र त्यसले एउटा संयन्त्र निर्माण ग¥र्यो र अनेक काम भए । सबै भन्दा ठुलो तपाईंले यो समृद्धिको वर्ष भनिराखेको बेलामा आर्थिक रुपमा एउटा विचित्रको विरासत लिएर आउनु भएको थियो । यहाँले सम्बोधनका बेलामा पनि पटक पटक भन्नु भयो, कि मान्छेलाई लुटपाट, कहिलेकाहीँ मैले यहाँलाई अनौपचारिक रुपमा भन्दा शासन चलाउने, यी सरकार चलाउने भनेजस्तै गर्दा यो जहिले सुकै सरकार चलाइयो । मान्छेलाई लाग्न सक्छ शासन गर्ने र सरकार चलाउने भनेको एउटै जस्तो हो । तर आज चाहि आर्थिक क्षेत्रमा एकथरीहरुले एकदमै उत्पातै पार्दियो, बिगारी दियो, सिध्याइदियो । जुन यहाँले भनेको भाग्दै गरेकाहरुको स्वर होला भन्ने म ठान्छु र आर्थिक रुपमा चाहि हामीले जनतालाई बुझ्ने यो समृद्धिको आधार वर्ष बनाउनको लागि ठ्याक्कै यो यो गर्यौं भनेर के के भन्न सक्नुहुन्छ ?

थुप्रो भन्न सकिन्छ, एउटा हामीले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जीवन बीमा । सामाजिक सुरक्षाको प्रबन्ध, योगदानमा आधारित र अनौपचारिक क्षेत्रलाई पनि औपचारिक क्षेत्र सरह व्यवस्थापन गर्ने । यो एउटा युगान्तकारी हो, साच्चै यो नयाँ युगको सुरुवात हो । लोककल्याणकारी राज्यको महत्वपूर्ण पार्ट हो । अर्को हामीले अस्तिका दिन (फागुन १) एउटा कार्यक्रम अगाडि बढायौं, रोजगार सम्बन्धी र अब यति ठुलो ऐतिहासिक मात्रै होइन् महत्वकाँक्षी, असाधारण । बेरोजगार देशमा रोजगार दिन नसके दण्ड तिर्छु, पैसा तिर्छु भन्ने राज्य ..

तयार गर्नुभयो ?

हो, यो त लिसडेभलप, अविकसित देश । बेरोजगार भएको यस्तो देश । यस्ता देशमा यो सानो तिनो आट र हिम्मतले गरिने कुरा होइन् ।

अर्को वर्ष हामीले कुरा गर्दा त्यो गल्ती गरिएछ कि क्या हो भन्ने पर्ला ?

पर्दैन् ।

यो सपना हो कि व्यवहार हो ?

सपना, जसलाई हामी सपना भनिराखेका छौं, त्यो सपना व्यवहारमा रुपान्तरण गर्नका लागि हो । हामी यसलाई आधार वर्षका रुपमा यस कारण भनिराखेका छौं कि यसले एउटा नयाँ चिज । अब रोजगार सम्बन्धी यसका विभिन्न पाटाहरु, अनेक आयामहरु छन् । तीआयामहरु, अवयवहरु सबै परिचालन गछौं । यो एउटा महाअभियान हो । जुन महाअभियान एकाध, एकलिएका प्रयासबाट होइन कि यो महाअभियानका रुपमा जान्छ । अर्को अब हाइड्रो पावर सेक्टरमा लगानीको कुरा । हिजो हामीले सुरुवात गर्यौं जनताको पानी जनताको लगानी । नाम जेहोस् । नाम जेहोस् तर आम जनता सहभागि हुने र आयआर्जनको सबै भन्दा महत्वपूर्ण सुरक्षित…घरघरमा बिजुली हुन्छ र जनताको त्यसमा लगानी हुन्छ, सेयर हुन्छ ।

राज्यले ग्यारेन्टर छ ?

राज्य ग्यारेन्टर छ । यसरी एउटा नयाँ अभियान । हामीसंग स्रोत छ, हामीसंग पुँजी छ । एकै ठाउँमा नहोला तर छ । तर छरिएको पुँजी एकठाउँ गरेर । स–सानो पुँजी पनि छ । एकजुट गरेर एकठाउँ लग्यौं भने हामी देख्छौं केही पनि नभएको ठाउँमा एकजुट गर्दा खेरि करोडौं रुपैया त्यहाँ उठ्छ । ध्यानञ्चल यज्ञ भन्छन् त्यहाँ हजारौंटन धान तयार हुन्छ । त्यो कसरी हुन्छ भन्दा एकै जनाले दिएको हुदैन् । छरिएको चिजलाई जम्मा गरेर हुन्छ । त्यसै गरेर हामी स–सानो पुँजी पनि जनतासंग दिदीबहिनीहरुले थैलीमा राखेको फुली बनाउने, अर्को वर्ष बनाउने । पाँच वर्षपछि बनाउने फुली । अलि ठुलो ढुङ्री बनाउने । त्यो पैसा त्यहाँबाट आउँछ । यो फुली ढुङ्रीको पैसा बोकेर आउँछ । त्यो फुली ठुलो पैसा बोकेर आउँछ ।

त्यसकारण लगानी गर्नु जरुरी छ । त्यसबाट स्वामीत्वबोध, एन्टरपनरसीप भन्छौं नि हामी, लगानीको प्रवृति । यसबाट अनेक कुराहरु आम्दानी हुन्छन् । फाइदा हुन्छन् । यसबाट रोजगारीका अवसरहरु सिर्जना हुन्छन् । त्यसै गरेर हामीले यो मात्रै सेक्टर गरेका छैनौं । कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा थुप्रो कुराहरु अगाडि बढाएका छौं । त्यसको सामुहिक अनेक पक्ष उठाएका छौं । अहिले वैदेशीक मुद्राको संञ्चितिमा कमी आयो भन्ने कुराको हकमा हामीले उत्पादन बृद्धि गर्ने खालका सामाग्रीहरु, औजारहरु बढी खरीद गरेका छौं । जसको परिणाम भोलि देखिन्छ । कि पैसा थुपारेर मात्रै त केही हुने होइन् नि ।

वैदेशीक मुद्राको संञ्चिति अनावश्यक रुपमा संञ्चिति बढी हुनु भनेको त्यो राम्रो लक्षण होइन् । काम लगाइएन त्यसलाई । पैसा भनेको काम लगाउने चिज हो । त्यसकारण हामीले पैसा काममा लगाएका छौं कि छैन् । सात आठ महिनाका लागि मात्र अब डलरको संञ्चिति छ हामीसंग, दश आठ महिना मात्रै धान्ने खालको लागि भनेर । त्यो दश आठ महिनाका लागि धान्ने भनेको अर्थ दश आठ महिना आम्दानी सुखा हुने त्यो त होइन् नि । त्यो त आइरहन्छ । त्यो आठ महिनाका लागि छ भने अर्को आठदश महिनाका लागि हुन्छ ।

अब हामीसंग दश महिनाका लागि मात्रै छ भन्यो भने वर्ष दिनका लागि भइसकेको हुन्छ । त्यो भन्दा बढी अहिले हामी विकासमा भइरहेका हुनाले, विकासको कामहरु टुङ्गिएका, रिसर्चओर्कहरुमा मात्र लगाएका र साधारणतर्फ मात्र खर्च गरिरहेका, विकासका सिमान्त स्थितिमा पुगेका देशहरुका लागि मात्रै संञ्चित रकम गोदामका गोदाम राख्नु एउटा कुरा होला । हामी गोदामका गोदाम पैसा राख्ने अवस्थामा होइनौं । हामी त खर्च गरेर बारीमा हाल्छौं, खेतमा हाल्छौं, खोलामा हाल्छौं औजारमा हाल्छौं ।

संगसंगै यहाँका अर्थमन्त्रीले भनेका कुरा धेरै मलाई महत्वपूर्ण लाग्यो । अघिल्लो वर्षको कुनै आर्थिक सुचाङ्कसंग यो आर्थिक वर्षको सुचाङ्कको तुलना गर्नु सर्वथा अनुचित छ । किनभने एक ठाउँमा उहाँले भन्नुभएको थियो, अघिल्लो वर्ष निर्वाचन थियो । निर्वाचनको लागि अनेक खालको वैदेशिक सहयोग थियो होला । निर्वाचनको पैसा थियो र निर्वाचनको खर्च थियो । तर यो वर्षको खर्च भनेको विकासमा खर्च वा प्रशासनिक खर्च र आगडि यहाँले भनेजस्तै आधार बनाउनको लागि खर्च । त्यसकारण अघिल्ला वर्षका ती हिसाब, गणित । अघिल्लो वर्षको गणित र अहिलेको गणित यहाँकै भाषामा भन्ने हो भने गणित बदलियो भनियो भने सही हुन्छ, होइन् ?

पहिले पहिले स–साना फुसका छाप्राहरु सयौं बनाइए, हजारौं बनाइए । अहिले कमसेकम एउटा फ्ल्याट्मा चारओटा भाग भएको विशाल फ्ल्याटहरु भएको । बीसांै तले घरको मजबुत जग हालियो । यो मजबुत जग, बलिया खम्बाहरु । अहिले यो भने त्यो सय ओटा फुसका छाप्रामा, त्यो ५० रुपैयाको पराल र १५० रुपैयाको बाँस खर्च भएको छ । त्यस्ता छाप्राको सम्पूर्ण खर्च कति भयो भन्दा सय ओटाको तीन सयका दरले भन्ने हो भने केही खर्च भएको छ । तीन हजार खर्च होला, तीस हजार खर्च होला । तर, यसभित्र चाँहि लगभग तीन अरवको खर्च भइसकेको हुन्छ यो जग हाल्दा खेरी । भन्नेले भन्न सक्छ, पराक्रमीले पोहोर सय ओटा घर बनाएको थियो भनेर ।

अहिले एउटा जग बनाएर समय बर्वाद गरिदियो । खर्च बरवाद गरेको छ, भन्न सक्छन । तर, यो जग हो । मजबुत जग हो । मजबुत पीलर हो । त्यसकारण अहिलेको जुन खर्च गरिराखेका छौं हामीले, यो दीगो विकास । छाप्रा होइन् । हामी दीगो विकासतर्फ । दीगो रोजगारीतर्फ र यथार्थ उत्पादनतर्फ । यथार्थ आम्दानीतर्फ ।

मैले हिजो बोल्दा एउटा कुरा भनेको थिए कि श्रमबिनाको पारिश्रमीक, परिश्रमबिनाको फल । बिनापरिश्रमको पारिश्रमीक र बिनाकामको ज्याला । यस प्रकारको रोजगारबिनाको रोजगारी, परिश्रमबिनाको पारिश्रमीक, काम बीनाको ज्याला । वालाहरु जो छन् कही न कतै यस्तो रोजगारी छ, जो रोजगारी होइन् । जो परिश्रम होइन् तर त्यहाँ पारिश्रमीक छ । जो राष्ट्र निर्माणमा समर्पित छैन् त्यस्तो काम, त्यस्तो धन्दा भइराखेको छ ।

त्यस प्रकारका तत्वहरु यो अभियानलाई यसको अलिकति महत्व घटाउन, यसलाई बदनाम गर्न सक्रिय छन् । मेरो विचारमा कुनै तर्क गर्नुपर्छ जस्तो लाग्दैन् । भिन्नता हेर्नलाई, भिन्नता बुझ्नलाई गत वर्षको सरकार र अहिलेको सरकार, गत वर्षको परिवेश र अहिलेको परिवेश । त्यो त एउटा कलाकार स्टेजमा उभिने बित्तिकै थाहा हुन्छ । कि त्यसको डान्स कत्तिको चल्छ, कत्तिको डान्स गर्छ भनेर ।

अब यो त तुलना गर्न मिल्छ जस्तै लाग्दैन, सरकार संचालनको सन्र्दभमा, केहीमा । त्यसकारण यो आधार वर्ष भविष्यसम्मका लागि जोडिएको छ । र, हामीले रेलका कुरा, पानी जहाजका कुरा मात्र गरिराखेका छैनौं । यी सपना मात्र देखाई राखेका छैनांै । यसका निम्ति कार्यालय खोलेर हामी काम अगाडि बढाइसकेका छौं । र, अब केही समयभित्र त हामी जलमार्गको बाटोबाट, नेपालबाट जलमार्ग हुँदै समुन्द्रमा जान्छौं । यो परिकल्पित कुरा थिएन, पोहोरका सालसम्म ।

पोहोरको साल म भारतजानु भन्दा अगाडि भारतीय पक्षलाई सुचना गरे, जलमार्गबाट, नेपालबाट हामी समुन्द्रसम्म जान चाहन्छौं । त्यसमा भारत सहयोगी हुनुपर्र्यो । त्यो कुरा प्रधानमन्त्रीको भ्रमणमा प्रधानमन्त्रीले गर्नेवाला छ र त्यसको तयारी होस् । मैले त्यो खबर पठाएँ र म जाँदा मैले त्यो पनि गरें, सार्वजनिक पनि गरें । र, अहिलेसम्ममा एक वर्ष भन्दा छोटो अवधिमा यसले खास आकार लिदै छ । मूर्तरुप लिदै छ । यसबाट भारतपनि उत्साहित भएको छ ।

भारतले पनि गण्डकीको त्रिवेणीसम्म पानीजहाज ल्याउने कुरा गरिसक्यो र हामी अबभित्र एउटा हामीलाई त्यो जहाज राख्ने ठाउँ निर्माण गर्दा पुग्छ । किनभने त्यहाँसम्म त आइसक्यो । त्यहाँबाट यता आउनको लागि हामीलाई एउटा सी पोर्ट चाहिने । त्यति गरे देखि पुग्छ र यहाँबाट हामी बे अफबङाल, त्यहाँ गएर ठुलो जहाजमा शिफ्ट गर्नुपर्ला जहाज टु जहाज ।

भनेको यो डेभलपमेन्टको हिस्टोरिकल डिपार्चर हो ?

रेलका सम्बन्धमा हामी त्यही गरेका छौ । पूर्व पश्चिम, बाटोको बिस्तार, बाटोको संजाल, बाटोको बिस्तार, बाटो चौडा गर्ने कुरा र रोजगारीका अवसरहरु श्रृजना गर्ने कुराहरु । तपाई दिनदिनै हेरिरहनु भएको छ, कसरी कृषिलाई आधुनिकीकरण गर्दै छन् हाम्रा युवाहरु, हाम्रा जानकारहरु, प्राबिधिकहरु, कसरी यसलाई काम गर्दै छन् । नयाँ नयाँ इन्नोभेशनहरु कसरी हुदैछन, रिसर्च विभिन्न ठाउँहरुमा कसरी हुदैछ, पशुपालनको सेक्टरमा केके नयाँनयाँ कामहरु हुदैछन, मत्सयपालनको क्षेत्रमा केके कामहरू हुदैछन, पोल्ट्रीको सेक्टरमा केके हुदैछ । अस्तिको दिनमा मात्र मैले एउटा कारखाना उद्घघाटन गरे । अब नेपालमा भ्याक्सिन आफै निर्माण हुन्छ, र १० प्रतिशत हामी यहाँ खपत गर्न सकौला ।

९० प्रतिशत भ्याक्सिन बाहिर एक्स्पोर्ट गर्छौ । अथवा यो बेसिक्ली, एक्स्पोर्ट इन्ड्रस्ट्री भयो । किनकी हामी यति धेरै खपत गर्न सक्दैनौं । त्यसकारण हामीलाई पुगेर अहिले त हामीले पुगेर १० प्रतिशत खपत गरेका छौ, जब यसको भोलुम बढ्छ, उत्पादनको तब, हामीले हाम्रो खपतको मात्रचाँहि घट्दै जान्छ प्रतिशतमा । बिदेशमा निर्यातको प्रतिशत बढ्दै जान्छ, । किनभने त्यो भोलुम बढ्छ, त्यस भोलुममा हामी प्रतिशत चाँहि हामी त्यति खर्च गर्दैनौ । यो एक ठाउँमा मात्र हैन, हामीले हरेक ठाउँमा । यत्तिकै शिक्षाका लागी, विद्यार्थी भर्नाको लागि अथवा एउटा रमाइलोको लागि दुर्गम पुगेका छैनौँ । यो आउँदो वर्षमा हामी टुङ्याउछौ । रास्ट्रपति महिला शसक्तिकरण कार्यक्रमय त्यसमा हामीले २७ वटा जिल्लामा संचालित गरेका छांै ।

जुन जिल्ला पछाडी परेका छ्न, छाउपडी जति कराए पनि महिलाहरु आफैँ बस्न गैरहेका छन् । पाप लाग्छ, हँुदैन, छाउपडी त अलग्गै बस्नुपर्छ भन्ने, छाप्रामा बस्नुपर्छ भन्ने । छाउगोठमा बस्नुपर्छ भन्ने, घरमा बस्न मिल्दैन, छुन मिल्दैन, महिलाहरु आफैँ भन्छन मलाई पाप लाग्छ, म कसरी बस्न सक्छु त्यो, त्यस्तो अवस्था छ त्यहाँ । त्यो बलजफ्ती हामी गर्न सक्दैनौं । त्यसलाई शिक्षाद्वारा, चेतनाबाट निर्मुल पार्नुपर्छ । त्यसकारण हामीले यस्ता कुराहरुको लागि महिला सचेतना तथा शसक्तिकरण कार्यक्रम २७ वटा पछाडी परेका जिल्लाहरुलाई समावेश गरी यस बर्र्ष सुरु गरेका छौं । आगामी बर्र्ष अरु जिल्लाहरु मालिएर जान्छौ ।

यस्ता थुप्रै कार्यक्रमहरु जुन तपाइँको भाषणमा, सम्बोधनमा पनि आएका छन । ठ्याक्कै यो सङै भन्नु पर्दा प्रधानमन्त्रीज्यु, सबै शक्तिको केन्द्र आफूमा ल्याएर प्रधानमन्त्री केपी ओली एउटा डिक्टेटरशिपको रुपमा अगाडि जान चाहन्छ, भन्ने आरोप त तपाईंले सुन्नु भाको होला ? जस्तो राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, जुन अगाडि हामीले गरेका कुराकानीको लागि जरुरी थियो की एउटा प्रधानमन्त्रीको कुर्सीमा बस्ने मान्छेले, आफूभन्दा तल कति ठूलो बद्मासी भएको छ भन्ने अनुगमन गर्नका लागि आवश्यक थियो ? सौद्धान्तिक राजनीतिक रुपमा नै । हिजो विश्रृङ्खलित पारिएर देशलाई खोक्रो बनाइएको थियो । तर तपाईको अभिलाषा समृद्धिको आधारलाई अगाडि बढाउन हो वा, शक्तिको श्रोत सबै ल्याउन र पदमा अजम्बरजीवि बन्नको लागि हो ?

यसभित्र दुई वटा पक्ष छन् । एउटा त यो प्रधानमन्त्रीय प्रणालीमा, प्रधानमन्त्रीमा सम्पूर्ण कार्यकारी अधिकारहरु केन्द्रीत हुन्छन् । सबै मन्त्रालय मेरै मातहत छन । कसलाई भ्रम पर्यो । कि यति यति मात्र ल्यायो, अरु छोड्यो भन्ने । सबै मन्त्रालय मेरै मातहतमा छन् । सबै मन्त्रीहरु पनि मेरै मातहतमा हुनुहुन्छ । सबै बिभाग हरु जुनजुन मन्त्रालयका हुन ती कार्यकारी प्रमुख कै मातहत छन । तसर्थ यो शक्तिशाली हुनको लागि ल्यायो । हैन, जस– अपजस दोष अर्काले टाउकोमा छोडिदिएर काम गरे भैहाल्यो नि । तर, प्रश्न जस अपजस्को हैन, अहिले मैले जुन केही दृष्टान्त भने यी सस्थाहरु सतर्कता केन्द्र, राजश्व अनुसन्धान ।

यिनीहरु आफ्नो मातहतमा ल्याएँ । त्यस्को अर्थ हो मैले सोझै भ्रस्ट्राचार नियन्त्रणका लागि, हुन नदिनको लागि, आफैले हेर्ने, आफैले त्य्सको निगरानी गर्ने र नजिकबाट तीव्र र लगातारको निगरानी गर्ने । यस कामका लागि र यसो गरिरहदा शक्ति केन्द्रीत हुने भन्ने कुरा वेतुकको कुरा हो । लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त छ । संसदको आफ्नो अधिकार छ, व्यवस्थापिका छ, कार्यपालिका छ र न्यायपालिका छ । राज्यका तिनता अङ्ग छ र यी स्वतन्त्र छन् आफ्ना आफ्ना ढंगले । फेरि पनि संविधानबाट वाधिएका, एउटा राष्ट्रका, एउटा देशका, एउटा सरकारका अंगहरु हुन । यी सबै नेपाल, नेपाली शासनका, नेपाली राज्य सत्ताका अंगहरु र तिनको कामको निश्पक्षता, प्रभावकारीता, सन्तुलन, नियन्त्रण आदिका लागि शक्ति पृथकीकरण गरिएको हुन्छ । पृथक पृथक अंगलाई पृथक पृथक शक्ति प्रदान गरिएको हुन्छ संविधानबाट । संविधानले संसदबाट या संविधान सभाबाट शक्ति प्राप्त गरेको हुन्छ ।

त्यो शक्ति ती जनप्रतिनिधिले जसले संविधान वनाए वा जसले संविधानको संशोधनको हक राख्दछन् । तिनले जनताबाट अधिकार प्राप्त गरेका हुन्छन् । जनताबाट दिइएको अधिकार प्रयोग गर्न उनीहरुले संविधान निर्माण गर्छन । एउटा पुस्तकमा जनताका सम्पूर्ण अधिकारहरु, आंकाक्षहरु तिनीहरु चाँहि त्यहाँ संगठित गर्या हुन्छ । अनि त्यस कितावले सबै चलाउछ । न्यायलयलाई पनि त्यसैले चलाउँछ, सरकारलाई पनि चलाउँछ र सरकारलाई निदृष्ट गरेर उसले जनताले त्यस पुस्तक मार्फत अधिकार तोकेर दिएको छ, यो यो अधिकार भनेर । यसरी सरकारका आफ्ना काम, कर्तव्य छन् र प्रधानमन्त्रीका आफ्ना काम, कर्तव्य छन् ।

कुन लिएर, कुन छोडेर, कसो गरेर भन्ने कुरा होइन । अहिलेको प्रधानमन्त्री जसले एउटा मन्त्रालय राख्दैन । कुनै मन्त्रालय राख्या छ र ? कसैले रक्षा आफुलाई चाहिन्छ भन्छ । कसैले अर्थ चाहिन्छ भन्छ । कसैले परराष्ट्र चाहिन्छ भन्छ । कसैले के चाहिन्छ भन्छ । अनि पावर केन्द्रीत गर्नको लागि कोही कोही देशमा १० वटा विनाविभागीय मन्त्री प्रधानमन्त्री कार्यालयमा राखिएको हुन्छ । ता कि सम्पूर्ण कुरालाई त्यहाँबाट कन्ट्रोल गरियोस् । तर यहाँ त्यो पनि गरिएको छैन ।

तर यसो केही गर्नु पर्र्दैन । केही नगरे पनि संधिवानले प्रधानमन्त्रीलाई अधिकार दिएको छ । संविधानले दिएको छ र संविधानले दिएको त्यो अधिकार प्रयोग गर्ने जिम्मा प्रधानमन्त्रीको जिम्मा, त्यो चाँहि पार्लियामेन्टले मलाई दिएको छ । संविधानले मलाई दिएको छैन, प्रधानमन्त्रीलाई दिएको छ । प्रधानमन्त्रीको अधिकार प्रयोग गर्न संसदले मलाई जिम्मा दिएको छ । त्यसकारण मैले प्रधानमन्त्रीका अधिकारहरु प्रयोग गर्छु । कर्तव्यहरुको पालना गर्छु । जिम्मेवारीमो पुरा गर्छु । अनि संविधानले भनेका प्रधानमन्त्रीका अधिकारहरु, अत्यन्त खुकुलो ढंगले बिनाविभागीय मन्त्रीहरुको थुप्रो नलगाएर अथवा मन्त्रालयहरु आफुमा नराखेर, कुनै मन्त्रालय नलिएर, कतिवटा हेर्न पर्ने, ती पछि कहिले कहिलेलाई पर्ला थाहा छैन । अहिले संक्रमणकालिन स्थिति नै छ ।

हामी मुलत सक्रमण टुङ्गायौँ । तर गरिब देशलाई धनी वनाउनु छ । अव्यवस्थितलाई व्यवस्थित वनाउनु छ । पछाडि परेकालाई आधुनिक नेपाल वनाउनु छ । ट्याक छोडेकोलाई ट्याकमा ल्याउनु छ । र वेथिति आदि, ईत्यादीलाई बदल्नु छ । यस्तो अवस्थामा चाँहि केही समयका लागि कुन चिज कतिवेला कहाँनेरी राख्नुपर्छ भन्ने कुरा व्यवस्थित गर्नुछ । अव चेस खेल्दा यो यहाँ नेरी चाहिने यो मन्त्री चलाईदियो, घोडा चलाई दिएर मैले हारे । मैले चाँहि यो हात्ति चाँहि चलाई दियो र हारें । यस्तो खालको कुरा चाँहि उचित होइन । यो जतिवेर जुन जसरी चलाउन पर्ने हो, त्यसैगरी चलाउने हो । अहिले भष्ट्राचार रोक्ने हो । नियन्त्रण गर्ने हो । उन्मुलन गर्ने हो । अहिले सुशासन दिने हो । अहिले शान्ती सुरक्षा कायम गर्ने हो । अहिले कहाँ कहाँ के के भैइराखेको छ भन्ने कुरा थाहा पाएर त्यसलाई अनुचित हुन नदिने र रोक्ने हो । त्यस कामको लागि जे जे गर्ने पर्छ त्यो गर्ने हो ।

oli

ठ्याक्कै प्रधानमन्त्रीज्यू अर्को यहाँलाई आरोपका रुपमा के छ भने यो सरकार मिडिया फ्रेन्डिली छैन वा प्रेस स्वतन्त्रता फ्रेन्डिली छैन । त्यसको विरोधी छ भन्ने जस्तो चर्चा परिपर्चा यहाँले विभिन्न एङ्गलबाट सुन्नु भयो होला । ईभन डार्वोसमा यहाँ जादाखेरी पनि त्यहाका विश्वप्रसिद्ध न्यूयोर्क टाईम्सका पब्लिसरले पनि यहाँलाई प्रश्न सोध्नु भो हैन, जुन ईन्टेन्सन्जे सुकै होला । त्यसको बारेमा यहाँको फिलिङ्ग के छ ? यो सरकार वा कम्युनिष्ट पार्टीको सरकार प्रेस विरोधी छ ?

मैले अघि तपाईसँग भनेको थिए । परिश्रमबिनाको पारिश्रमिक, कामबिनाको रोजगारी, आम्दानी । यस्तोमा सक्रिय रहेका मान्छेहरु सक्रिय छन् । त्यसको प्रभाव त्यहाँसम्म पनि पुर्याइएको रहेछ । त्यो पुर्याईएको मलाई पहिले नै जानकारी थियो । त्यो राम्रै भयो मैले त्यहाँ स्पष्ट गर्ने मौका पाएँ । मैले कुनै कुरा त्यहाँ घुमाई फिराई लुकाएर, या लोकचार पारेर या अलिक ढाक छोप गरेर त्यसरी गर्नु पर्ने पनि थिएन । मैले खुलस्त आफ्ना कुराहरु राखेको छु ।

मैले भने स्वतन्त्रताका हकहरुका लागि, मानव अधिकारका लागि र प्रेसको स्वतन्त्रताका लागि मैले ५० वर्ष भन्दा बढी लडाई लडें । त्यसकारण म लोकतन्त्रका हरेक मुल्य मान्यताहरुको रक्षाको पक्षमा जीवन दिन तयार भएर आएको मान्छे हुँ । म जीवनपर्यन्त त्यस पक्षमा रहन्छु । लोकतन्त्र, लोकतान्त्रिक मुल्य मान्यता जसभित्र वाक, प्रकाशन स्वतन्त्रता पर्छ । प्रेस स्वतन्त्रता पर्छ । त्यसको पक्षमा म हुन्छु नै ।

यस भित्र बट एण्ड इफ –तर र यदि) को कुरै छैन । यसमा कुनै बाहानावाजिको पनि कुरा छैन । फेरि अर्को कुरा, म के भन्न चाहन्छु भने मेरो वोल्ने हक छ, वाक स्वतन्त्रता मसँग छ । तर मैले तपाईलाई अपमान गर्न मिल्छ ? तपाईको आत्मसम्मानको पनि हक छ । त्यो पनि हक छ नि । अनि यो हकको प्रयोग गर्दा त्यो हक थिचोमिचो गर्न हुन्छ कि हुँदैन ? मसँग बोल्ने हक छ, मैले तपाईप्रति झुटा आरोप, लान्छनाहरु लगाउन मिल्छ कि मिल्दैन ? तपाईप्रति अमर्यादित, अश्लिल, स्तरहीन कुराहरु बोल्न हुन्छ कि हँुदैन ? यस्तो हुँदैन है भन्यो भने प्रेस स्वतन्त्रता समाप्त भयो, प्रेस स्वतन्त्रता विरोधी कुरा भो भन्नु कति वान्छनीय हुन्छ ? कतिवटा सामाजिक सञ्जालमा यस्ता कुराहरु आएका हुन्छन ।

ती कुराहरु यति तल्लो स्तरका छन् । यति समाजलाई हानिकारक छन् । यति नयाँ पिँढीलाई विगार्ने खालका छन, हानी गर्ने छन । ती कुराहरु, ती कुराहरुको पक्षपोषण गर्न मिल्छ ? अस्ति मलाई आश्चर्य लाग्यो, सदाचार नीतिको विरोधमा मच्चियो र वक्तव्यबाजी अनेक भए । सदाचार त्यो कही पास भको पनि छैन, कही–केही भको छैन । यस्तो तहल्का कसरी मच्चिएको छ, के भएको हो । नेपाल जस्तो देशमा पनि सदाचारको कुरा गर्ने ? सदाचार भन्ने ? भन्न पाईन्छ ? चलिरहेको धन्दा बन्द गर्दिने ? यस प्रकारको कुरो रहेछ । कुन–कुन देशमा सदाचार भन्न पाईने ? कुन कुन देशमा कानून अन्तरर्गत चल्न पर्ने, कुन कुन देशमा कानून नमाने पनि हुने ? कुन कुन देशमा वेथिति हुनु पर्ने ? कुन कुन देशमा प्रदर्शन स्थल तोकिन पाउने ? कुन कुन देशमा जहाँ पनि प्रदर्शन स्थल हुने ? सद्दे र पागल छुट्टिन नपर्ने ? नाङ्गै मान्छे, एक्लो मान्छे, नाङ्गै के सनकले माग के हो ? थाहा छैन । कहिले कसैलाई केही बताएको छैन । माग केही वताएको छैन ।

अश्लिलतापूर्वक अब मानव समाजमा नाङ्गिनु पनि अश्लिलता होईन ? सार्वजनिक ठाउँमा भने त, होईन भने केही माग मागेको छैन । केही कुरा भनेको छैन । केही कुरा, केमा असन्तुष्टि त्यो पनि थाहा छैन । अचानक मान्छे निश्किन्छ नाङ्गै । के हो भन्दा खेरी मेरो विरोध । के को विरोध ? सरकारको विरोध । किन विरोध ? भन्दा सरकार मन परेन । अव यो कुरालाई पनि यस्तो त राम्रो भएन भन्दा खेरी यहाँ फ्रिडम अलिक एस्कुजिङ्ग भैराख्या छ । स्वाधीनता, स्वतन्त्रताका हकहरु खुम्चिदो छ भन्ने त्यही कुरा पुर्याएका रहेछन् डार्वोसमा पनि । न्यूयोर्क टाईमसका पब्लिसर, सम्पादक जे हुन, त्यस स्तरका मान्छेले त्यस्ता हल्लाबाटै राम्रो कुरा नबुझिकन नेपालको बुझ्न त गाह्रो त छैन नि ।

नेपाल राम्ररी नबुझिकन मण्डलामा नाच्न पाईएन, उफ्रिन पाईएन भनेर भन्छ नि स्वतन्त्रता, प्रजातन्त्र त सकिए छ त नेपालमा त । मण्डलामा उफ्रिन नपाएपछि त खोई प्रजातन्त्र ? यस्तै सुनाएका हुँदा हुन् । तर यो सही कुरा होईन । प्रजातन्त्र मण्डलामा उफ्रिनु र प्रजातन्त्रका बीचको सम्बन्ध कुनै छैन । मण्डला विरोध प्रर्दशनको ठाउँ पनि होईन । पुजनीय ठाउँ हो र त्यो आम सभा गर्ने ठाउँ पनि होईन । विरोध प्रर्दशन गर्ने, उफ्रिने, कट्टु पेटिकोटवाला ठाउँ पनि होईन त्यो । जसलाई जे जे लगाउन मन छ लगाए भयो । तर कुन ठाउँको प्रयोग कसरी गर्ने ? कसलाई प्रसिद्ध हुन मन लाग्छ, कसलाई अखवारमा आउन मन लाग्छ, कसलाई मिडियामा छाउन मन लाग्छ, कसलाई सेलिवे्रटी हुन मन लाग्छ, गरे भो ।

यहाँ त के भर्खरका जवान मात्र होईन । पूर्व प्रधानन्यायाधीश भइसकेकाहरुसम्म पनि सेलिव्रेटी, अच्चम लाग्छ । तमासा, मैले कहिले विद्धताको दावी गर्या छु र ? मैले ईमानको मात्र दावी गर्याछु । ईमान मात्र मसँग पूर्णत छ । मसँग पुर्ण विद्धता छ, पूर्ण ज्ञान छ, भैले भन्या छैन । ज्ञान पूर्ण हुनै सक्दैन् । मैले आफुलाई विद्धान भनेको पनि छैन । पढाई लेखाई नभएको मुर्ख भन्न मण्डला किन पुग्नपर्छ र ? घरैबाट भने पनि हुन्छ, त्यति गरेपनि हुन्छ । फेरि मैले दावी नै गरेको छैन म विद्धान हुँ, होईन । म विद्धान होईन । म ईमानदार मात्रै हो । मैले भनेको छु, म विद्धान होईन । अनि विद्धान होईन भनेर गालि गरिरहनु पर्ने के छ र ?

प्रधानमन्त्रीज्यू, अव अन्त–अन्तमा आउँदा खेरि यो जुन १ वर्षको सन्दर्भमा तपाईले आधार वर्ष घोषणा गर्नु भयो, दुईटा पार्टी एउटा वनाउनु भयो, त्यसको एउटा ऐतिहासिक महत्व छ । नेपाल राजनीतिक स्थितरता बाटोमा गएको छ । अर्को चाहि मिडियाको सन्दर्भमा

तपाईले मलाई सोध्नु भएको प्रश्नमा नि, मिडिया, मिडियाको सन्दर्भमा यो मिडिया फे्रन्डिली म छैन भन्ने पनि होईन । मलाई त्यस्तो लाग्दैन । मिडिया मेरो विरुद्धमा छ भन्ने पनि लाग्दैन । मैले मिडियाबाट पुराका पुरा सहयोग पाएको छु । मलाई मेरा साथीहरुले आलोचना गरिराख्या छन् । टिप्पणी पनि गर्छन् । साथ पनि दिन्छन नि त । साथ पनि दिईराख्या छन् । त्यसकाराण हाम्रो लोकतन्त्र, लोकतान्त्रिक प्रणाली कलिलो–कलिलै छ ।

कहाँ आलोचना गर्ने ? कहाँ टिप्पणी गर्ने ? कहाँ नगर्ने ? कहिले कहिले छुटिदैन् । तलमाथि पर्न सक्छ, त्यति मात्र हो । सञ्चार माध्यमले पनि कहिले कहिले अब यो सञ्चार माध्यमले पनि कति भयो । उमेर नै कति भो ? मोटा मोटी १०, १५ वर्ष, २० वर्ष भयो होला । यसबीचमा एक दम परिपक्कता आउनु पर्छ भन्ने केही छैन । यो परिपक्कता लोकतान्त्रिक अभ्यासमा पनि नआएको हुन सक्छ । सञ्चार माध्यममा पनि नआएको हुनसक्छ । यस्ता कुराहरुप्रति, साना तिना कुराहरु, सानातिना चुकहरु प्रति अथवा कहिले कहिले मान्छे हो, कुनै कुनै सम्पादकलाई, कुनै कुनै रिपोर्टरलाई, कुनै कुनै पब्लिसरलाई कसलाई केमा झोक चल्ला, अलिकति केही लेखला । यसको अर्थ मिडिया मेरो विरुद्धमा गयो, सरकारको विरुद्धमा गयो भन्ने होईन । म त्यसरुपमा बुझ्दिन् । यति फ्रेन्डली छ, यति फ्रेन्डली छ अत्यन्तै आत्मिय ।

मेरो मन नपरेको कुरा पनि मिडियाले भनिहाल्छ । मिडियाको मन नपरेको कुरा पनि मैले भनिहाल्छु । यति खुलस्त, यति आत्मिय छ नि । मिडिया पनि मसँग डराउदैन । विश्वास छ म माथि, यो मिडिया फ्रेन्डली छ । यसले दुश्मनी गर्दैन भनेपछि डराउदैन । म पनि मिडियसँग डराउदिन । किनभने मिडिया मेरो आत्मिय छ ।

त्यसकारण त्यो सम्बन्धलाई पनि कसै कसैले बुझ्दैन् । कहिले कहिले मैले अलिकति टिप्पणी गरे भने लौँ मिडियाको सम्बन्धमा बोल्यो । अब यसलाई मिडियाले थिचथाच, किच काच बनाएर अचार वनाउछन् होला जस्तो ठान्छन् कतिले । अरुलाई भए मिडियाले थिचथाच गर्ला, मलाई गर्दैन । यो जे गरेको छ, यसले अनेस्टली गर्याछ भन्ने थाहा छ सबैलाई ।

यस सम्बन्धमा धन्यावाद दिन्छु र अन्तिममा प्रधानमन्त्रीज्यू यसलाई भन्दा बडा अप्ठ्यारो, अमिल्दो मेरै हिसावले भन्ने हो भने देखि पनि । मेरै जुन छिपपिछे ज्ञानको हिसावले भन्यो भने पनि अमिल्दो लाग्ला । तर, एउटा तपाईको अगाडि एउटा पत्रकारको रुपमा उभिएर भन्दा, यो समृद्धीको आधार वर्ष भनिरहदाँ । यो सरकारका बारेमा तपाईको सन्तुष्टिमा यदि १० नम्वरमा राखियो भने आधार वर्ष वनाउनका लागि १० नम्वर यसको पूर्णाङ्क थियो भने तपाई आफै चिफजजको रुपमा भनौँ न तपाईसँग कुनै मन्त्रालय छैन । तपाईसँग केही विभाग छन् तर हेर्नु पर्ने छ । कुनै मन्त्रालय छैन । मानिसहरुलाई जिम्मेवारी लगाउनु भएको छ । तपाईकै भाषामा लेन्सबाट हेर्नु भएको छ । तिनीहरु माथि जे गर्नुपर्ने तपाईको दायित्व जिम्मेवारी हो, इमानकै साथ गर्नु भएको छ तपाईकै शब्दमा । त्यसरी १० मा राखियो भने यो आधार वर्षलाई, पहिलो वर्षलाई कति नम्वर दिन उचित होला ?

यसका केही पक्षहरु छन् । यदि तपाईले यो नयाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक प्रणाली र संविधान कार्यान्वयनको र हाम्रो अगाडि बढ्ने बाटोको आधार जग तयार गर्ने र समुचित गर्ने पक्षमा हेर्नु भो भने पूर्णाङ्क १० तर तपाईले दिनुहुन्छ १५ । पूर्णाङ्क भन्दा डेढा बढी..

तर म कन्जुस्याई नगरी तपाईले भनेकै विषयमा डिस्टिङसन दिन्छु 

अझै अझै यसमा के छ भने, यो १ वर्षमा जे भो नयाँ प्रणालीमा अनेक खचपच हुन्छन्, उतार चढाव हुन्छन्, झमेला आउछन्, समस्या हुन्छन्, अनेक चिज हुन्छन् । यस्तो परिस्थितीको यो कच्चापनको फेजायल सिचुयसन हो नि नयाँ । यसलाई प्रयोग गर्न अनेक तत्वहरु पनि सक्रिय पनि भए । त्यो सक्रिय हुँदाखेरी जुन यो १ वर्ष भित्रै सफलताका साथ यी काम सम्पन्न गर्र्यो नि, यो पूर्णाङ्कभित्र दिएर पुग्दैन । त्यो भन्दा बढी दिनुपर्छ, इन्टरनेशनल प्राक्टिस हो एउटा । अर्को डेलिभरीको पाटोमा, सुशासनको पाटोमा प्रोगेस छ । प्रोगेस, पास भन्दा माथि भन्नुपर्छ यसलाई । किनभने यो प्रोगेस छ ।

यसमा सुशासनको पाटोमा र अरु आर्थिक उन्नतीको मार्गचित्र यसले जो प्रस्तुत गर्यो । यो मार्ग चित्रसँग संक्रमणकाल जसरी टुङ्गयार मार्ग चित्र प्रस्तुत गर्यो । त्यससँग दुनिया आश्चर्य चकित छ । त्यसमा पनि राम्रो पर्फमेन्स गरेको छ । अब जनताको जीवनस्तरमा परिवर्तन ल्याउने कुरामा यति छिटो सम्भव हुँदैन थियो पनि । केही केही यो कम्लिकेशन, जटिलताहरु त्यसको बीचमा भन्दा पनि यो प्रदेशको अधिकारभित्र हो कि ? केन्द्रको अधिकार हो कि ? स्थानीय तहको हो कि ? जस्ता अन्योलले केही केही जनतामा इरिटेशन पैदा हुने, केही केही असन्तुष्टि पैदा हुने र डेलिभरी नहुने ।

अर्को केही केही सच्याउनु पर्ने कुराहरु जस्तो सेवा केन्द्र त हामीले तोक्यौँ । तर जिल्लामा भएका कार्यालयहरु अव ४–५ वटा जिल्लाको एक ठाउँ । एउटा जिल्लामा जाँदा त्यसले समस्या पैदा गरेको छ केही । यसलाई पुनर्विचार गर्नु पर्ने हो कि ? यो एउटा चिन्तनीय पक्ष छँदैछ । यी पक्षमा जसले जनतामा ईरिटेशन बढाएको छ, अलिक असन्तुष्टि बढाएको छ । यी पक्षहरुलाई हेर्दाखेरी १० भन्दा अलिकति कम दिनुपर्छ ।

अर्को पार्टीको छ, दुई जना क्याप्टेन हुनुहुन्छ यसमा छुट्टै कुरा गरौँला, अर्को क्याप्टेनसँगै । तपाईलाई नै सबै थोपर्ने, किन थोपर्ने ? तपाई यो सरकारको क्याप्टेनका हिसावले, टिम लिडरका हिसावले, टिम वर्कको पर्फमेन्स, त्यो टिमप्रतिको तपाईको आशालाई तपाईले नम्वरमा वा त्यसको आसयमा, कसरी बताउने, कति, कसरी अभिव्यक्त गर्न चाहनुहुन्छ ?

तपाई भने जस्तो यदि पूर्णाङ्क १० नै राख्ने हो भने, एउटा त यो नयाँ प्रणाली, अर्को नयाँ मान्छे । अहिलेको प्रणाली र परिस्थितिले माग गरेको विलकुल रचनात्मक नयाँ सोच र नयाँ तरिका । मन्त्री भैसकेका भए पनि पहिलेको मन्त्री जस्तो होईन । अहिले फरक मन्त्री नभैसकेका लागि नयाँ मन्त्री हुनुको अनुभव नयाँ अभ्यास । अर्को अझ नयाँ तरिकाले काम गर्नुपर्ने परिस्थिति । यस परिस्थितिलाई अलिकति म्याच गर्न नसकेको हो कि ।

यसमा म नियतको खोट देख्दिन । तर यो म्याच गर्ने कुरामा अभ्यासको कमी, राम्रै नियत भएको मान्छेलाई १० किलोमिटर दौडायो भने कोही कोही नसकेर छोड्दिने, कोही कोही चाहिने अलिक पर पुगेपछि धेरै स्लो मात्रै दौड्न सक्ने त्यस्तो हुनसक्छ । कसैले जान्न सक्दैन । त्यो ईमानले मात्रै हुँदैन नि । त्यहाँ फोक्सोको पनि कुरा चाहियो, त्यहाँ मसलको पनि कुरा चाहियो, त्यहाँ ब्रेन पनि त्यतिकै चल्न पर्यो । यो सबै चिज मिल्दाखेरी मसल, मुटु, फोक्सो सन्तुलन । त्यो चाँहि कसैको अब मुटु अलि राम्ररी काम नगरेको । कसैको फोक्सोले अलि साथ नदिएको स्वाँ–स्वाँ बढी भएको, कसैको मसल थाकेको यस्ता कुराहरु हुन्छन् । जसले अलिकति अपेक्षा अनुसारको काम कतिपय ठाउँमा नभएको जस्तो देखिन्छ ।

अन्तिममा प्रधानमन्त्रीज्यू, एक वर्ष पूरा भयो । पार्लाइमेन्टको बारेमा मैले बताउनु परेन । यसका नम्सका, तत्वका बारेमा यहाँलाई पनि राम्रो सँग थाहाँ छ । जे बजारमा सुनिदै छ वा क्याबिनेट तपार्इंका टिमका बारेमा, त्यसलाई म कारवाही पनि भन्दिन वा हटाउने पनि भन्दिन । यसको हेरफेर अघि भन्नु भयो नि मुटु, फोक्सो, कलेजा,े त्यसको मृगौला, त्यसका हात, त्यसको खुट्टा तिनीहरु ठिक ठिक ठाँउमा परे वा परेनन भनेर रिभियू गर्ने बेला भयो ? अथवा गर्न थाल्नु भयो ? गर्न थाल्नु हुन्छ यसपटक ?

होइन, यो त मैले जतिबेला मन्त्री नियुक्त गर्नुपर्ने हो, नियुक्तिको सिफारिस गर्छु र नियुक्ति भएर काममा आईसकेपछि काम मैले हेरिरहेको हुन्छु । कामको इभ्याल्युएसन गरिरहेको हुन्छु । इभाल्युएसन त मैले हरदम गर्ने हो, गरिरहेको छु । त्यसकारण मैले भनेको अलिकति जनताको अपेक्षाअनुसार, समयको मागअनुसार कतिपय साथीहरुले अलि गर्न नसकेको हो कि जस्तो खालको सुनिन्छ । त्यसमा केही सत्यता पनि छ ।

त्यसको अर्थ कतै इमानमा खोट इत्यादी म देख्दिन । मैले अघि नै भनें । मुल्याकन भइरहने कुरा हो र भइरहको छ । जतिबेला सरकारलाई प्रभावकारी बनाउन कुनै कदम चाल्नु पर्छ, नीतिगत वा व्यवहारिक । ती त चाल्नै पर्छ । तर अहिले मैले त्यस्तो खालको केही नीतिगत त हामी विभिन्न चालिरहेका छांै । व्यवहारिक रुपमा अरु थप कदम त्यस्तोको आवश्यकता त्यति महशुस गरेको छैन ।

त्यति धेरै गर्नुभएको छैन ?

त्यस्तो अहिले मैले आवश्यकता महसुस गरेको छैन । यसकारण कि हामी भर्खर भर्खर यो संघीयतामा प्रवेश गरेका छांै । हिजोको मन्त्रालय जस्तो होईन । मन्त्रालयहरु अधिकारहरु सीमित छन् । अब प्रदेशसंग कति मिलेर काम गर्ने ? कति कति प्रेदशका कुरा सुन्ने ? कति आँफुले लिने, कति तल पठाउने, कति स्थानीयमा पठाउने आदि कुराहरुको सन्र्दभमा अझै स्पष्टता नभएको अवस्थामा बजेट कँहानेर उता पठाइयो भनेको छ, उता भएन भनेको छ ।

उसले नबुझेर आफ्नै योजना बनाएको छ । चालु योजनाहरु अलपत्र परेका छन् । जस्ता खालका कुराहरु त्यो अस्पष्टताले भएका कुराहरु हुन् । त्यसलाई व्यक्तिलाई दोषी बनाउनु पनि हुँदैन् । यस्ता खालका पक्षहरु पनि छन् । त्यसकारण यो अहिले संक्रमणकालीन अवस्थामा नै त्यति धेरै निश्र्कष निकाल्नु हुन्छ जस्तो मलाई लाग्दैन् ।

ठ्याक्कै यहाँले भनेकै कुरालाई भन्दा खेरी एकलाईनमा नै । यसका डाउन पmल्ट त देख्न सकिन्छ । दुईओटा पार्टी एक भएको यसको इन्टर पार्टीका तल देखि माथि सम्मका सेट तयार नभएको । त्यसमा पनि धेरै समय अल्झिनु परेको इन्टरनर रिफ्ले पनि तपाईंले पछिल्लो पटक भन्नु भयो त्यसमा असर पारेको छ ?

त्यसमा असर त पार्छ नै । किनभने कतिपय मान्छेहरु सरकारको पक्षमा, पार्टीको पक्षमा बोलेको नसुनिनु, सरकारको पक्षमा बोलेको नसुनिनु, बरु बिपक्षमा बोलेको सुनिनु जस्ता खालका कुराहरुले अलिकति जनतामा अन्यौल पार्ने र कार्यकर्ताको विश्वासमा कम ल्याउने । त्यसमा पनि पार्टी एकीकरण भयो तर एकीकृत पार्टीका संगठनात्मक एकतामा बिलम्ब हुनु जस्ता कुराले संगठित गतिविधी हुन नसक्नु, त्यसले संगठित गतिविधि त हुने भएन । यस्ता खालका कुराहरुका असरहरु स्वभाविक रुपमा केही पर्छन र आलोचना, विरोधका, असयोगका पक्षहरु जुनसुकै कारणले जसरी प्रकट भएका छन । त्यसका केही नकारात्मक असरहरु त भइ हाल्छन ।

अन्तिम पश्न सोधे प्रधानमन्त्रीज्यू, इमान्दारिका साथ इमान मात्र भनेको हुनाले मैले भने । यो एक वर्षमा जानेर त तपाईबाट हुने कुरा भएन अन्जानवस् आँफैबाट ठ्याक्कै यही नभने पनि यही पक्षमा मेरो पक्षवाट पनि चुक भयोकि भन्ने यहाँलाई केही लागेको छ। ?

एउटा अलिकति लागेको छ । मैले समयलाई अधिकतम प्रयोग गरेको छु । अधिकतम काम गर्छु । तर, त्यसको व्यवस्थापन अलि उचित हुन सकेन कि । जसले गर्दा सम्पर्क गरिनु पर्ने व्यक्तिहरुसँग सम्र्पक गरिनुपर्ने तहमा कमी रह्यो कि । त्यसले पनि असन्तुष्टि बढेको हो कि । त्यो चाँहि मलाई लागेको छ । सायद त्यसमा चाँहि अलिकति ध्यान दिनु र सच्याउनु जरुरी छ कि । त्यो मैले महसुश गरेको कुरा हो ।

यो एक वर्षलाई वर्तमान सरकारको एक वर्ष सङ्घीयता, सुशासनर र समृद्धिको आधार वर्ष भन्नु भयो । के कारणले तपाईंले समृद्धिको आधार वर्ष भनेर पोइन्ट गर्नु भयो ?

– यो आधार वर्ष भनिएको–सरकारको, संसदको यस कार्यकालको लागि मात्रै होइन । संविधान बन्यो । संविधान कार्यान्वयनका लागि कानुन थिएन । संविधानले संरचनाको कल्पना गर्र्यो । संरचना थिएनन । निर्वाचन भयो । निर्वाचन भएपनि प्रतिनिधि सभा कता बस्ने, राष्ट्रिय सभा कता बस्नेदेखि लिएर…

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७