सावित्रा हिरो गोल्डकपकी सर्वाधिक गोलकर्ता, एक लाख भारू जितिन्


४ फाल्गुन २०७५, शनिबार
Sabitra Bhandari 1

काठमाडौं, ४ फागुन । नेपाली महिला टोलीकी फरवार्ड साबित्रा भण्डारी भारतमा सम्पन्न हिरो गोल्ड कपको सर्वाधिक गोल कर्ता बनेकी छन् । भारतमा बिहीबार सम्पन्न हिरो वुमन्स गोल्ड कपमा ४ गोल गर्दे सर्वाधिक गोलकर्ताको उपाधि हात पारेकी हुन् ।

Sabitra Bhandari 1

सावित्रा र म्यानमारी यी ओन दुवैले समान ४ गोल गरे । पनि सावित्राले राउन्ड रोविनमा उनी उत्कृष्ट ठहरिन् । सावित्रा ३ मध्ये २ खेलमा गोल गरेकी थिइन् ।

उनले सर्वा्धिक गोलकर्ताको उपाधि स्वरूप नगद १ लाख भारतीय रूपैयाँ पुरस्कार पाएकी छन् । उनले भारतविरूद्ध दुई गोल गरेकी थिइन् भने समूह चरणको अन्तिम खेलमा इरानविरूद्ध २ गोल गरेकी थिइन् ।

नेपाल उपविजेता
नेपाल हिरो गोल्डकपमा उपविजेतामै सिमित भए । शुक्रबार भएको फाइनलमा नेपाल म्यानमारसँग ३–१ ले पराजित भयो । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा नेपालले खेलको ३५ औं मिनेटमा गोल खाएको थियो ।

म्यानमारका लागि यी यी ओले गोल गरेकी थिइन् । उनले पेनाल्टी क्षेत्रको दायाँ भागबाट आएको क्रसलाई अनमार्क रहेको अवस्थामा नियन्त्रण गरेर शक्तिशाली प्रहारमा गोल गरिन् ।

पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले बराबरी गोल फर्काइन । गीता रानाको फ्रिकिकमा मन्जलीले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको भली प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा नेपाललाई दबाबमा राखेपनि बराबरी खेलेको म्यानमारले दोस्रो हाफमा पनि दबाब कायम राख्यो । ५३ औं मिनेटमा म्यानमारका लागि विन थेंगी तुनले गोल गर्दै म्यानमारलाई पुनस् अग्रता दिलाइन् । उनले पेनाल्टी क्षेत्रभित्र चलाखीपूर्ण टर्न गर्दै डिफेन्स र गोलरक्षकलाई बिट गर्दै गोल गरिन् ।

म्यानमारले खेलको ६३ औं मिनेटमा अग्रता दोब्बर पार्यो । यी यी ओले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याइन । उनले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारलाई नेपाली गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बचाउन सकिनन् ।

प्रतियोगिताको पहिलो खेलमा म्यानमारसँग ३–० ले पराजित भएको नेपालले त्यसपछि भारतलाई २–१ र इरानलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

अर्को महिना विराटनगरमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल पुगेको टोलीले प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्न सफल रहयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७