माउन्टेन हाइड्रो र स्पर्स लघुवित्तलाई शेयर निष्कासनको अनुमति


५ फाल्गुन २०७५, आईतवार
IPO

काठमाडौं, ५ फागुन । माउन्टेन हाइड्रो नेपालले र स्पर्स लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डबाट प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएका छन् ।

IPO 768x366

माउन्टेन हाइड्रोले प्रभावित क्षेत्रमा बिक्री नभएको ५ लाख ६६ हजार ११० कित्तासहित १८ लाख १६ हजार ११० कित्ता प्राथमिक शेयर सर्वसाधारणको लागि निष्काशन गर्न अनुमति पाएको जनाइएको छ ।

कम्पनीले गत साउनमा पाँचथर जिल्लाको प्रभावित क्षेत्रका बासिन्दाको लागि १२ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । शुरुमा सर्वसाधारणको लागि १२ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाएकोमा प्रभावित क्षेत्रमा शेयर बिक्री नभए पछि उक्त शेयर पनि सर्वसाधारणको लागि निष्काशन गर्ने भएको कम्पनीले जानकारी दिएको छ ।

बोर्डले स्पर्स लघुवित्तलाई पनि दुई करोड ६९ लाख ६३ हजार रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो । संस्थाले जम्मा चुक्ता पूँजीको ३२.५० प्रतिशत सर्वसाधारणको लागि छुट्टाएको छ । प्राथमिक शेयरको निष्काशन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल रहेको छ ।
संस्थाले १० जिल्लामा कार्यक्षेत्र रहेने गरि नेपाल राष्ट्र बैंकबाट अनुमति पाएको छ ।

संस्थाको हालको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ छ । प्राथमिक शेयर निष्काशनसँगै चुक्ता पूँजी ८ करोड २९ लाख रुपैयाँ पुग्ने जनाइएको छ । सञ्चालनमा आएको दुई वर्ष पूरा गरेको संस्था चालु आर्थिक वर्षको पुसम्ममा नाफामा देखिन थालेको छ । पुससम्ममा संस्थाले ६ लाख २१ हजार रुपैयाँ नाफा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७