चैत ३ देखि काठमाडौंमा कक्षा ८ को परीक्षा


५ फाल्गुन २०७५, आईतवार
exam 1

काठमाडौं, ५ फागुन । आउँदो चैत ३ गतेदेखि काठमाडौंमा आधारभूत तह (कक्षा ८) को परीक्षा सञ्चालन हुने भएको छ ।

exam 1

काठमाडौं महानगरपालिकाले आइतबार सूचना जारी गरी चैत ३ देखि १२ गतेसम्म कक्षा ८ को परीक्षा हुने जानकारी दिएको हो । शिक्षा स्थानीय तह मातहत आएपछि महानगरपालिकाले पहिलो पटक महानगरस्तरीय आधारभूत तहको परीक्षा सञ्चालन गर्न लागेको हो ।

महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाका अनुसार चैत ३ गते अंग्रेजी विषयको परीक्षा हुनेछ । चैत ४ गते नेपाली, ५ गते सामाजिक अध्ययन र जनसंख्या शिक्षा, ७ गते विज्ञान तथा वातावरणको परीक्षा हुने तालिका सार्वजनिक गरिएको छ ।

यस्तै चैत ८ गते (क) नैतिक शिक्षा,(ख) स्वास्थ्य तथा शारीरिक शिक्षा, १० गते गणित, १ गते पेशा, व्यवसाय र प्रविधिको परिक्षा हुनेछ । चैत १२ गते अन्तिम दिन मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषयको परीक्षा हुने महानगरपालिकाले जनाएको छ ।
हेर्नुस् सूचना

exam 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७