१६ रुपैयाँमै साडी, साडी किन्न महिलाको भीड, भीड अनियन्त्रित हुँदा भागदौड


५ फाल्गुन २०७५, आईतवार
sadi

काठमाडौं, ५ फागुन । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।

sadi

सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउना साथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ ।

भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६ सय भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन् । प्रहरीले उक्त घटनाको छानबिन शुरु गरिसकेको जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७