भ्रष्टाचारविरुद्ध अभियान छेड्ने बताएका पूर्वमन्त्री तामाङ्गले भने, अख्तियार सदस्यलाई कार्वाही हुनैपर्छ ।’


५ फाल्गुन २०७५, आईतवार
Sher bahadur Tamang 20190217110335 1

काठमाडौं, ५ फागुन । सरकारमा रहेका बेला समेत भ्रष्टाचारविरुद्ध मुख खोल्दै आएका पूर्व कानूनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर तामाङले भ्रष्टाचारीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका छन् ।

Sher bahadur Tamang 20190217110335 1

नेता तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कार्बाही थाल्नुपर्ने बताएका छन् ।

‘यो प्रकरणमा तत्काल पाठकलाई कार्बाही होस् भनेर आवाज उठेको छ । जनताले भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कार्बाही होस् र छिटो एक्सन लिनुपर्छ भनेर उठाएको आवाज जायज छ’, आइतबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै नेता तामाङले भने, ‘म पनि त्यही भन्छु । सरकारले यसबारे छानबिन गरेर कार्बाहीको प्रक्रिया अघि बढाउँछ ।’

साक्षात्कारमा बोल्दै उनले नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य कारण नै ऐन तथा कानुन दोषी भएको स्पष्ट पारे । उनले भने,‘अहिले भ्रष्टाचारको विषय चर्चामा छ । भष्टाचार बढ्नुको मुख्य कारण भनेको नै हामीले बनाएका कानुनहरु दोषी हुन् । अर्को भनेको नैतिकताको ह्रास हो। यी दुवै कुरालाई सच्याउनुपर्छ ।’

तामाङले समाजका हरेक व्यक्तिले आफूलाई नैतिक आदर्श बनाउनुपर्नेमा जोड दिए । ‘भ्रष्टाचारीलाई कार्बाही गर्नुपर्छ । उन्मुक्ति दिनुहुँदैन । तर भ्रष्टाचारीलाई कार्बाही गर्न विद्यमान ऐन तथा कानुन पर्याप्त छैन’, उनले भने, ‘अहिले कानुनमा व्यवस्था भएको सजाय पर्याप्त छैन ।’
उनले अख्तियारको आयुक्त नै यसरी भ्रष्टाचारमा मुछिनु गम्भरि अपराध भएको टिप्पणी गरे ।

‘भ्रष्टाचारीलाई कार्बाही हुन्छ भन्नेमा म विश्वस्त छु’, तामाङले भने । अदालतमा पछिल्लो समय उज्यालो किरण देखा परेको उनको तर्क थियो । ‘पहिलेको तुलनामा अहिले अदालतमा उज्यालोका किरण देखा परेको मैले पाएको छु’, तामाङले भने, ‘अब कार्बाही सरकारले गर्नुपर्छ भन्ने ठाउँबाट राज्यले गर्नुपर्छ भन्ने ठाउँमा पुग्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७