पूर्व आयुक्तलाई कार्बाही गर्न सरकारले चासो दिएन : अख्तियार अलमलमा, ११ वर्षसम्म कैद हुन सक्ने


६ फाल्गुन २०७५, सोमबार
raj narayan pathak 8BzM9O4fct

काठमाडौं, ६ फागुन । घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथिको कार्बाही अन्योलमा परेको छ ।

raj narayan pathak 8BzM9O4fct

सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ ।
आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ ।

कुनै पनि विषयमा विस्तृत छानबिन गर्न आयेगको बोर्ड बैठकले निर्णय गर्नुपर्ने हुन्छ । ‘हामीमाथि धेरै दबाव रहेको बुझेका छौँ,’ आयोगका एक उच्च अधिकारीले भने, ‘यो हप्ताभित्र केही निर्णय हुन्छ ।’

नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताको उजुरीमा छानबिन रोकिदिने भन्दै आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७