मिस कण्डम प्रतियोगिता


१६ मंसिर २०७४, शनिबार
miss condom

एजेन्सी:विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स दिवस मनाइन्छ । यस अवसरमा जागरुकताका लागि दुनियाभर नै विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । तर यी कार्यक्रमहरु मध्ये सबैभन्दा अनौठो मध्येको एक चाहीँ थाइल्याण्डमा आयोजना हुन्छ ।miss condom

एड्स दिवसको अवसरमा थाइल्याण्डमा आयोजना हुने उक्त कार्यक्रम त्यहाँको सबैभन्दा चर्चित सेलिब्रेसन पनि हो । वास्तवमा एड्स दिवसको अवसरमा थाइल्याण्डमा हरेक वर्ष मिस कण्डम प्रतियोगिता हुन्छ ।यस अवसरमा त्यहाँ सुन्दरीहरुबीच कण्डमलाई बेलुनजस्तै गरी फुलाउने प्रतियोगिता हुन्छ ।BIG 1 there is such a thing as miss

सुरक्षित यौन सम्बन्ध तथा यौन संक्रामक रोगबाट बच्नका लागि मानिसहरुमा जागरुकता बढाउन यो प्रतियोगिताको आयोजना गर्ने गरिएको छ । प्रतियोगितामा विभिन्न ४ देशका सुन्दरीहरु सहभागी हुन्छन् । कण्डमलाई सबैभन्दा ठूलो हुनेगरी फुलाउने सुन्दरीले मिस कण्डमको ताज जित्छिन् । मिस कण्डमको ताजसँगै एक हजार भाट नगद पुरस्कार पनि दिइन्छ ।Miss Condom 1

यस अवसरमा मानिसहरुलाई निशुल्क रुपमा कण्डम वितरण पनि गरिन्छ । यो प्रतियोगितालाई एक जना सांसदले प्रत्यक्ष रुपमा सहयोग र समर्थन गरेका छन् । त्यसैले ती सांसदको नाम नै मिस्टर कण्डम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७