अब शिवम् सिमेन्टमा शेयर हाल्न पाइने, कति खुल्दैछ शेयर ?


६ फाल्गुन २०७५, सोमबार
sibam cement 1

काठमाडौं, ६ फागुन । वास्तविक क्षेत्रसमेत पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि आकर्षित भएका छन् । चालू आर्थिक वर्षको बजेट वक्तव्यमा नै वास्तविक क्षेत्रलाई समेत धितोपत्र बजारमा प्रवेश गराउने लक्ष्य राखेका कारण ती क्षेत्रले धमाधम साधारण शेयर बिक्री गर्न लागेका हुन् ।

sibam cement 1

यसै क्रममा शिवम् सिमेन्टले आजदेखि ४६ लाख ९९ हजार ६४० कित्ता शेयर बिक्री शुरु गरेको छ । कम्पनीले सामूहिक लगानी कोष र कर्मचारीका लागि ६० हजार कित्ता, सर्वसाधारणलाई ४१ लाख २० हजार कित्ता र मकवानपुरवासीका लागि पाँच लाख ७९ हजार ६४० कित्ता शेयर बिक्री शुरु गरेको हो ।

उक्त शेयरमा सर्वसाधारण तथा मकवानपुरवासीले कम्तीमा ५० कित्ताका दरले आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

यस्तै मकवानपुरबासीले पाँच लाख ७९ हजार ६४० कित्ता र सर्वसाधारणले ४४ लाख कित्तासम्म आवेदन गर्नसक्ने व्यवस्था गरिएको छ । सर्वसाधारणलाई सि–आस्वा र आस्वा प्रणाली लागू गरेको बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

आयोजना प्रभावितलाई भने मकवानपुरवासी भएको खुल्ने नागरिकता वा जन्मदर्ताको प्रमाणपत्रका आधारमा सि–आस्वा प्रणालीमार्फत निवेदन गर्नसक्ने प्रावधान राखिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि अङ्कित मूल्य रु १०० मा रु २०० प्रिमियमसहित प्रतिकित्ता रु ३०० र मकवानपुरवासीका लागि अङ्कित मूल्य रु एक सयान प्रिमियम रु १०० सहित प्रतिकित्ता रु २०० का दरले शेयर खरीद गर्न पाउने व्यवस्था गरिएको छ । कम्पनीको साधारण शेयर छिटोमा यही फागुन ९ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । तोकिएबमोजिमको शेयर बिक्री नभएमा आगामी चैत ५ गतेसम्म आवेदन पाइने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७