अब सरकारी जागिर खान २८ वर्ष !


६ फाल्गुन २०७५, सोमबार
karmachari staff covil wNY50lo5Zy

काठमाडौँ, ५ फागुन । सङ्घीय निजामती ऐन विधेयक माथिको छलफलका क्रममा लोकसेवामा जागिर खान उमेर घटाउनु पर्ने माग राखेका छन् । लोकसेवामा जागिर खाल हाल ३५ वर्ष रहेको प्रावधानलाई घटाएर २८ वर्ष राख्न माग गरिएको छ ।

karmachari staff covil wNY50lo5Zy

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सोमवार संसद्मा पेस गरेको सङ्घीय निजामती ऐन विधेयक माथिको सैद्धान्तिक छलफल क्रममा नेपाली काँग्रेस सांसद भरत साहले लोकसेवामा जागिर खान उमेर घटाउन माग गरेका हुन् ।

‘अहिले ३५ वर्षसम्म लोकसेवामा भर्ना गर्ने गरिएको छ, त्यो बुढो उमेरमा भर्ना भएर के गर्ने ?’ उनले भने, ‘३५ वर्षलाई २८ वर्षमा झार्नुपर्छ । भारत पाकिस्तानमा पनि २८ वर्ष छ ।’

सांसद साहले पेन्सन या निवृत्तिभरण विषयमा पनि असन्तुष्ट जनाएका छन् । संसद्को लेखा समितिको सभापति समेत रहेका सांसद साहले पेन्सन या निवृत्तिभरणका लागि ५८ वर्षसम्म सेवा गर्नुपर्ने प्रावधान राख्न माग गरेका छन् ।

उनले भने, ‘कसैले २१ वर्षमा जागिर खायो भने ४१ वर्षमै पेन्सन पाक्छ । ५८ वर्ष नपुगी पेन्सन दिनु हुन्न जहिले भर्ना भएको भए पनि ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७