अफगानिस्तानमा तालिबान कमाण्डरसहित ३१ लडाकूको मृत्यु


६ फाल्गुन २०७५, सोमबार
Taliwan

सिन्ह्वा
मैमाना, ६ फागुन ।
अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईले सोमबार जानकारी दिएका छन् ।

सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकूका कमाण्डर मवलावी इस्माट इस्माटयारसहित १७ तालिबान लडाकूको घटनास्थलमा मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका रेजाईले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यस सुरक्षा कारबाहीको क्रममा तीन सुरक्षा अधिकारीहरुले पनि ज्यान गुमाएका र अन्य चार सुरक्षा अधिकारी सामान्य रुपमा घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ । यस कारबाहीको तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।

त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारीहरु र तालिबान लडाकूहररु बीचभएको झडपमा परी १४ लडाूक मारिएका छन् । यस झडपमा परी अन्य १७ जना घाइते भएका छन् ।

सरकारी सुरक्षाबलले सो इलाकामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीको क्रममा यो झडप सुरु भएको बताइएको छ ।

सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबल र सर्बसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

जाबुल प्रान्तको केही भागमा अशान्त मच्चारहेका तालिबान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

त्यसैगरी अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा सुरक्षा अधिकारी तालिबान लडाकूबीच भएको झडपमा परी १४ लडाूक मारिएका छन् । यस झडपमा परी अन्य १७ जना घाइते भएका छन् ।
सरकारी सुरक्षाबलले तालिबान लडाकूविरुद्ध जारी राखेको सुरक्षा कारबाहीको क्रममा यो झडप सुरु भएको बताइएको छ ।

सुरक्षा बलद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

जाबुल प्रान्तको केही भागमा अशान्त मच्चारहेका तालिबान आतङ्ककारी समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७