अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा नेपाललाई ठुलो सफलता


६ फाल्गुन २०७५, सोमबार
अन्तराष्ट्रिय सौदर्य प्रतियोगितामा नेपाललाई ठुलो सफलता

काठमाडौं, फागुन ६ । भारतमा आयोजित अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपालले ठुलो सफलता हात पारेको छ ।


नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदिति अधिकारीले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपुर्ण उपाधि नेपाल भित्र्याउन सफल भएकी छन् ।


नयाँ दिल्लीमा केही दिन अगाडि सम्पन्न प्रतियोगिता नेपाल, भारत, चिन, बंगलादेश लगायत १६ देशका सुन्दरीहरु सहभागी थिए । नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गरेकी अदितिले प्रतियोगिताबाट आफुले धेरै कुरा सिक्न मिलेको बताइन् ।


१८ बर्षीय अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’ की बिजेता हुन् ।
अदितिको सफलतामा राष्ट्रले गौरव गर्नुपर्ने नेक्स्ट मोडल नेपालका सिइयो रवि धमलाले बताए । युवायुवतीलाई फेसन उद्योगमा आउन यो सफलताले प्रेरणा मिल्ने उनको भनाई रहेको छ ।
प्रतियोगीतामा शिर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७