पशुपतिको गीतमाथि राजनीति नगर्नुस् : प्रमोद खरेल


६ फाल्गुन २०७५, सोमबार
Pramod kheral 1

काठमाडौं, ६ फागुन । गायक प्रमोद खरेलले गायक पशुपति शर्माको गीतमाथि राजनीति नगर्न आग्रह गरेका छन् ।

Pramod kheral 1

गायक खरेलले गीतको विषयमा अल्झेर बसिरहनु भन्दा जनताका क्षेत्रमा काम गर्न समेत आग्रह गरेका छन् । सोमवारको संसद बैठकमा शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतलाई लिएर प्रतिपक्षी र सत्ता पक्षीय सांसदबीच जुहारी चलेपछि खरेलले नेताहरुप्रति यस्तो आग्रह गरेका हुन् ।

सोमवारको संसद बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले गीत हटाउन लगाएर सरकारले वाक स्वतन्त्रताको हनन् गरेको भन्दै गायक शर्मालाई सहयोग स्वरुप २५ हजार रुपैयाँ दिने घोषणा गरेका थिए । सिंहको यो घोषणालाई काउण्टर दिंदै सत्तारुढ सांसद झपट रावलले शर्माको गीत गाई दिए अमरेशकुमारलाई नै आफ्नो एक महिनाको तलब दिने भन्दै व्यंग्य गरेका थिए ।

संसद सत्ता र प्रतिपक्षीबीच यसरी जुहारी चलेपछि गायक खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत ‪त्यो पैसा आफ्नो क्षेत्रको विकासमा थप्न सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘जनताका लागि काम गर्नुस ताकी फेरि फेरि यस्ता गीत बन्न नपरोस । ‪कर्म गर्नुस्, गीतमाथि राजनीति नगर्नुस् ।’

pp

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७