सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब यूकेबाट पनि


६ फाल्गुन २०७५, सोमबार
Fullscreen capture 021819 045007 PM 41YRDc0pMg

काठमाडौं,फागुन ६ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब बेलायतबाट पनि सुरु भएको छ । यो सेवा सुरु भए लगत्तै बेलायतबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ ।

Fullscreen capture 021819 045007 PM 41YRDc0pMg

सिटी एक्सप्रेस मनी ट्रान्सफर, बेलायतबाट भालापे मोबाईल एप् र ईन्टरनेट बैंकिङ् मार्फत पनि सहज तरिकाले कारोबार गर्न सकिने छ । हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सिटी एक्सप्रेस मनी ट्रान्सफर, यूकेको तर्फबाट प्रबन्ध निर्देशक करम बहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेस नेपालले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७ हजार भन्दा बढी नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७